दोरेन्द्र खड्का / बझाङ
बझाङ केदारस्यु गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर भण्डारी, उपाध्यक्ष निशा धामी ठगुन्ना सहितका जनप्रतिनिधिले आईतबार नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा सनाखत गराएका छन् । एमालेबाट निर्वाचित अध्यक्ष उपाध्यक्ष सहित बझाङका १९ जना जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा नम्बर ८ का अध्यक्ष गणेश बोहरा – वडा नम्बर ५ का काशिराम धामी वडा न ३ विर बहादुर खाती वडा न २ चक्र बहादुर बिक ४ ओटा वडा अध्यक्ष सहित पुरै टिम नै समाज बादीमा जाने निर्णय भएको जनाएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टी रोज्दै जिल्ला निर्वाचन कार्यालयमा सनाखत गराएका छन् । एमालेका अध्यक्ष समेत रहेका दिल बहादुर सिंह पनि नेकपा एकीकृत पार्टीमा लाग्ने बताएका छन । सिंह जिल्लाका लोकप्रिय नेता हुन । उनको प्रभावका कारण एमालेमा पहिरो गएको छ । उनको कारणले नै बझाङमा नेकपा एकीकृत समाजवादी पार्टी बलियो हुने सम्भावना बनेको युवा नेता लक्ष्मी जोशीले बताए ।बझाङ केदारस्यु गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर भण्डारी, उपाध्यक्ष निशा धामी ठगुन्ना सहितका जनप्रतिनिधिले आईतबार नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा सनाखत गराएका छन् । एमालेबाट निर्वाचित अध्यक्ष उपाध्यक्ष सहित बझाङका १९ जना जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा नम्बर ८ का अध्यक्ष गणेश बोहरा – वडा नम्बर ५ का काशिराम धामी वडा न ३ विर बहादुर खाती वडा न २ चक्र बहादुर बिक ४ ओटा वडा अध्यक्ष सहित पुरै टिम नै समाज बादीमा जाने निर्णय भएको जनाएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टी रोज्दै जिल्ला निर्वाचन कार्यालयमा सनाखत गराएका छन् । एमालेका अध्यक्ष समेत रहेका दिल बहादुर सिंह पनि नेकपा एकीकृत पार्टीमा लाग्ने बताएका छन । सिंह जिल्लाका लोकप्रिय नेता हुन । उनको प्रभावका कारण एमालेमा पहिरो गएको छ । उनको कारणले नै बझाङमा नेकपा एकीकृत समाजवादी पार्टी बलियो हुने सम्भावना बनेको युवा नेता लक्ष्मी जोशीले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

