नन्दु यादव /भाद्र १६,पश्चिम नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे सिमावर्ती नाका बाट भईरहेकाे मानवबेचिखन लाई पुर्ण रुपमा राेकथाम गर्ने माईती नेपालकाे मुख्य लक्ष्य रहेकाे महेशपुर स्थित माईती नेपाल कि प्रमुख एलिसा श्रेष्ठ ले बताउनु भयाे ।बिगत लामाे समय देखि सिमा नाकाबाट हुने मानवबेचबिखन क्रियाकलाप लाई राेकथाम तथा न्युनिकरण गर्नमा माईति नेपालकाे निकै महत्त्वपूर्ण भुमिका रहेकाे बताईएकाे छ ।केही समय अगाडि सरुवा भएर अाउनु भएकि कार्यालय प्रमुख श्रेष्ठले ८जनालाई भारतकाे विभिन्न ठाउबाट उध्दार गरेकाे वहाले बताउनु भयाे ।यसै गरि १७वटा हराएकाे निबेदन कार्यालय मा परेकाे मा ६जनालाई फेला पारि परिवारजनलाई बुझाएकाे बताईएकाे छ ।६१जनालाई पुनर्मिलन गराईएकाे छ भने ४वटा मानवबेचबिखन सम्बन्धि मुद्दा चलाई कार्वाहि अगाडि बढाईएकाे श्रेष्ठले बताउनु भयाे।खास गरि नेपालकाे नवलपरासी ,बुटवल ,रसुवा लगायतकाे जिल्लाबाट विभिन्न बहानामा दलालहरु सिमानाकाकाे बाटाे भएर भारतकाे दिल्लि ,बम्बई ,महाराष्ट्र लगायतका ठाउमा बेचबिखन गरिएकाे वहाले बताउनु भयाे ।ललाई फकाई जागिर दिलाउने , अार्थिककाे लाेभ लालचमा पारि बेचबिखन कार्यहरु दलालले गरिरहेकाे वहाले बताउनु भयाे ।
मानव बेचबिखन राेकथामका लागि हामी ब्यवसायिक बाल याैन शाेषण सम्बन्धि यश क्षेत्रमा रहेका ५वटा बिद्यालय का बिद्यार्थी हरुलाई जनचेतनामुलक प्रशिक्षण समेत गरिएकाे बताईएकाे छ।विभिन्न समयमा स्थानीय सरकार सग पनि समन्वय गरि अामनागरिकहरु लाई पनि जनचेतना जगाईएकाे छ।अाउने दिनमा नया याेजनाका साथ अामनागरिक ,प्रहरी ,पत्रकार सबै सग सहकार्य गरि मानवबेचबिखन राेकथाम गर्न प्रतिबद्धता समेत श्रेष्ठले जनाउनु भयाे ।महेशपुर नाकामा घुम्ती शिबिर राखि विभिन्न कार्यक्रम मार्फत काम गर्दै अामनागरिक लाई मानवबेचबिखन सम्बन्धि जनचेतना जगाउदै राेकथाम तर्फ माईती नेपाल निकै सक्रिय रहेकाे स्थानियहरुले बताएका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

