Rashtriya Dainik

नेपाल भारत सम्बन्ध बलियों बनाउने उद्देशका साथ उलमाहरुको संयुक्त कॉन्फ्रेंस

कृष्णनगर/कपिलवस्तु
सुन्नी मरकज़ बरेलीको आयोजनामा भारत नेपाल सुन्नी उलमाहरुले संयुक्त कॉन्फ्रेंस गर्ने तैयारी भइ रहेको छ।
नेपाली उलमाको दरगाहे आलाहज़रत को सज्जादानशीन मार्फत सम्मान हुने आयोजना रहेको आयोजक समितिले जनाएको छ
दुबै देश र दुबै देशमा रहेका सुन्नी उलमा बीच सम्बन्धबिस्तार हुने बिश्वास गरिएको छ कार्यक्रम भारतको उत्तरप्रदेशको बरेलिमा आयोजना हुने छ । जहाँबाट दुबै देशका उलमाहरु सहभागिता रह्ने छ ।
सुफी सुन्नी बरेलवी मुस्लिमका मुख्य
धर्मगुरु र मज़हबी रहनुमा,आला हज़रत इमाम अहमद रजा खान बरेलवी, सुन्नी बरेलवी सुफी विचारधाराको सबै भन्दा ठुलो केंद्र मरकजे अहल-ए-सुन्नत बरेली शरीफ र आलाहज़रत ख़ानदानने नेपालका सुन्नी मुस्लिमको शैक्षिक र रूहानी व सूफियाना स्तरमा धेरै सेवा गरिएको हो । नेपालको भुमिबाट मुसलमानहरुको गहिरो सम्बन्ध रहेको छ । आलाहज़रत, ख़ानदाने आलाहज़रत, मरकज़े अहले सुन्नत र यादगारे आलाहज़रत जामिया रज़विया मंज़रे इस्लामका गहिरो र पुरानो सम्बन्ध रहेको धार्मिक मान्यता रहेको छ । नेपालको सरज़मीनमा बस्ने बेशुमार हरु खानदाने आलाहज़रत हरेक समयमा मुरीद हुँदै आएको छ । नेपालका गरीब छात्रहरु बरेलीका मदरसा मंज़रे इस्लाममा रहेर फ्रीमा शिक्षा प्राप्त गर्दै आएका छन । यहाँबाट शिक्षाको रौशनीले नेपालको (पिछडिएको ) इलाका र क्षेत्रको समस्या प्रकाशित गर्नमा अहम भूमिका निर्वाह गरि रहेको छ । नेपाली मुसलमानमा खानकाही, सुफियाना, अमन व शान्ती वाली सुन्नी विचारधाराका प्रचार व प्रसारलाई बढावा दिनेको लागि मरकज़े अहल-ए-सुन्नत दरगाहे आलालागीका प्रमुख हजरत सुबहानी मियॉ साहब र सज्जादानशीन हजरत अहसन मियॉ साहबले नेपाल लागका लगभग ६ जिल्ला बॉके, बर्दिया , कपिलवसतु, रूपेन्देहि, दाङ, नवलपरासी तथा बुटवल सहित नेपालका उप-क़ाज़ीको अगुवाईमा २५ जना आलिम,मुस्लिम पत्रकार,समाजिक कार्यकर्ता सहित एक प्रतिनिधिमंडललाई आमंत्रित गरिएको छ । आयोजना हुने उक्त कार्यक्रमले भारत-नेपालको सुन्नी उलमाका दरमियान संबंध पनि बलियो हुने सुन्नी सुफी विचार धाराको प्रचार-प्रसार गर्ने उद्देश्य रहेको छ । उक्त कार्यक्रममा योगदान गरिने इत्तेहाद नेपाल, ओल्मा काउन्सिल नेपाल लगायतहरु लाई सम्मान गरिने छ । “इत्तेहादे उलमा ए हिन्द व नेपाल कॉन्फ्रेंस ” को समेत आयोजना हुने जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित