बझाङ जिल्ला स्तरिय क्षयरोग कार्यक्रमकाे काेहर्ट विश्लेषण तथा समिक्षा गाेष्ठी सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय बझाङ्ग को आयोजनामा भएको उक्त कार्यक्रममा जिल्लाका १२ वटेै पालिकाले प्रतिनिधित्व गरेका थिय । कार्यक्रममा आव २०७७।७८ मा सञ्चालित क्षयरोग नियन्त्रण कार्यक्रम हरुको समिक्षा भएको स्वास्थ्य कार्यालय बझाङ्ग का क्षयरोग फोकल पर्सन नारायण जोशी ले बताउनु भयो ।
आ व २०७७।७८ मा नया बिरामि पत्ता लाग्ने दर ६७ प्रतिलाख रहेको र जम्मा १४९ जना क्षयरोगका बिरामि हरुले जिल्लाका बिभिन्न स्वास्थ्य सस्थामा दर्ता भई उपचार लिएको र आ व २०७७।७८ मा बिरामीको उपचार सफलता दर ८९ प्रतिसत रहेको छ बिगत बर्षको तुलनामा यस वर्ष नया बिरामि पत्ता लाग्ने दर १४ प्रतिलाख का दरले बढेको हो । नेपाल ले सन २०३५ सम्ममा क्षयरोग मुक्त देश घोषणा गर्ने लक्ष लिय पनि समुदायमा क्षयरोगका बिरामि हर धेरै रहेका तर उपचारको दायरा ल्याउन नसक्दा चुनौति थपिएको जोशी बताएका छन ।

समाजमा क्षयरोग र क्षयरोगका बिरामिहरु प्रतिको बिध्यमान धारणा ले गर्दा धेरै नागरिक हरु अहिले पनि रोग लुकाएर बसेको र आगामि दिन हरुका सरोकार वाला सवैले लुकेर रहेका बिरामि हरु लाई खोज्ने र तिनिहरुलाई उपचारको दायरामा ल्याउने किसिममा कार्यक्रमहरु सञ्चालन गरे मात्र लक्षमा पुग्न सकिने स्वास्थ्य कार्यालय प्रमुख भानुभक्त जोशी ले वताएका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

