नवलपरासी, १२ भदौ ÷ केही दिनको अविरल बर्षा र डुवानका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासी स्थित नेपाल बिद्युत प्राधिकरण परासी बितरण केन्द्र अन्तर्गतको शब स्टेशनमा क्षति पुगेको छ । जसका कारण परासी स्थित शब स्टेशनबाट बिद्युत आपुर्ति बन्द भएको नेपाल बिद्युत प्राधिकरण परासी बितरण केन्द्रका प्रमुख चुटुन कुमार श्रीवास्तवले जानकारी दिनुभयो । 
बर्षा र डुवानका कारण परासी शब स्टेशनको ब्रेकर लगायतका अन्य प्राविधिक उपकरणमा पानी जमेकाले तत्कालै शब स्टेशनबाट बिद्युत आपुर्ति गर्ने अवस्था नरहेको बिद्युत प्राधिकरण परासी बितरण केन्द्रले जानकारी दिएको छ । यद्यपी बिद्युत आपुर्तिका लागी अहिले गण्डक पावर हाउस शब स्टेशन , बर्दघाट शब स्टेशन र सुनवल बजार क्षेत्रको बिद्युतबाट परासी बितरण केन्द्र अन्तर्गतका ग्राहकलाई बिद्युत आपुर्ति गरिएको प्रमुख श्रीवास्तवले जानकारी दिनुभयो ।
पानी र डुवानका कारण परासी स्थित शब स्टेशनको कम्पाण्ड वालमा क्षति पुग्दा पानी स्टेशन भित्र पसेर स्टेशनबाट बिद्युत आपुर्ति गर्ने महत्पुर्ण भुमीका निर्वाह गर्ने ब्रेकर सहित अन्य प्राविधिक उपकरणमा पानीले निकै क्षति पु¥याएको छ ।
कार्यालयका अनुसार परासी शब स्टेशनबाट बिद्युत आपुर्ति सञ्चालन हुन अझै केही दिन लाग्ने बताईएको छ । यद्यपी परासी शब स्टेशन सञ्चालनका लागि आवश्यक जनशक्तीहरु व्यस्थापनको तयारीमा गरिसकिएको र आजैबाट मर्मत सम्भारका काम सुरु गरिने प्रमुख श्रीवास्तवले जानकारी दिनुभयो ।
परासी बितरण केन्द्र अन्तर्गत हाल करिव ४४ हजार ग्राहक रहेका छन् । जसमध्ये अहिले तत्कालका लागी ३५ हजार ग्राहकलाई गण्डक पावर हाउस शब स्टेशन , बर्दघाट शब स्टेशन र सुनवल बजार क्षेत्रको बिद्युत आपुर्तिबाट परासी बितरण केन्द्र अन्तर्गतका ग्राहकलाई बिद्युत आपुर्ति गरिएको हो । स साना उद्योगलाई बिद्युत आपुर्ति गरिएपनि ठुला उद्योग धन्दा जो ११ हजार केभिएको ट्रान्सफमर मार्फत बिद्यूत आपुर्ति हुन्छ उक्त उद्योग कलकारखाना सञ्चालन नगरिदिन कार्यालयले सम्वन्धी उद्योग कारखाना संग आग्रह गरेको छ ।
परासी बितरण केन्द्र अन्तर्गत सुर्यपुरा , सुनवल , महेशपुर र बन्जरिया स्थित कार्यालय पर्दछन् । परासी बितरण केन्द्र अन्तर्गत कुल ४४ हजार ग्राहक रहेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

