मेरो सानो सानो गाउँ, बकुलगाढ यसको नाउँ
आउनेले एकपल्ट, फेरि भन्छन् जाउँ जाउँ ।।
झुरमुटहरु छन् बाँसका, बिहानीले चियाउने
पूर्णिमा राति चन्द्रमा, आँखा भरी टोलाउने ।
फुल्छन् कमल तलाउमा, लाग्छ है खाउँ खाउँ
आउनेले एकपल्ट, फेरि भन्छन् जाउँ जाउँ ।।
वरिपरि घना छन् जङ्गल,चिडियाहरु रमाउने
आँगनका बोटव्रिक्षमाथि,कोइलीले गीत गाउने
बिरलै भेटिन्छन् यस्तो, स्वर्गै समान ठाउँ
आउनेले एकपल्ट, फेरि भन्छन् जाउँ जाउँ ।।
मलिला यहाँको माटो, क्रिषकले खेती लाउने
रमझम छ चाड पर्बमा, सम्स्कृती सबै अटाउने
मनुवा यहाँका सोझा, खेल्दैनन् च्याखे-दाउ
आउनेले एकपल्ट, फेरि भन्छन् जाउँ जाउँ ।।
वर्णन गरेर साध्य के, प्रकृति सधैं सघाउने
सागरमा थोपा जनकवि,महिमा कति सजाउने
अर्को जुनी विधाता, यहीं नै जन्मिन पाउँ
आउनेले एकपल्ट, फेरि भन्छन् जाउँ जाउँ ।।
✍️✍️बम बहादुर थारु✍️✍️✍️
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

