कर्णालीमा विवेकशील साझा पार्टीको युवा संगठन बिस्तारमा तिब्र रूप लिदै ।

विवेकशील साझा पार्टीकाे युवा संगठन विवेकशील साझा युवा संगठनकाे कर्णालीका दशै वटा जिल्लामा संयाेजक ताेकिएकाे छ। विवेकशील साझा पार्टी प्रदेश, जिल्ला हुँदै गाउँ गाउँमा फैलिने क्रममा पार्टीको युवा संगठनलाइ पनि त्यसै अनुरूप फैलाउने लक्ष्यका साथ जिल्ला संयाेजक ताेकिएकाे हाे ।भाैगाेलिक रूपमै एकदमै विकट रहेकाे कर्णालीकाे सेरोफेरोमा संगठन बिस्तार अन्य क्षेत्रमा भन्दा जटिल रहे पनि याे जिम्मेवारी सँगै संगठन बिस्तारकाे कामले तिब्रता पाउने आशा पलाएकाे छ।

विवेकशील साझा युवा संगठनकाे कर्णाली प्रदेश अन्तरगत जिल्ला संयाेजकहरूकाे जिम्मेवारी पाउनेहरूमा क्रमश: हुम्ला संयाेजक विद्यामान थापा , डाेल्पा संयाेजक रत्न केसी, सल्यान संयाेजक कमल खड्का, दैलेख संयाेजक चम्पा थापा, जुम्ला संयाेजक मंगल ऐेडि, मुगु संयाेजक सम्झना थापा कार्की , डाेल्पा संयाेजक रत्न केसी, सुर्खेत संयाेजक तारा थापा मगर, पश्चिम रूकुम संयाेजक अन्जना मल्ल, कालिकोट संयाेजक हंस बहादुर राेकाया,जाजरकोट संयाेजक कल्पना शाहि रहनु भएकाे छ । अन्य जिल्लाले जिल्ला संयाेजक मात्र पाए पनि मुगु, सल्यान र डाेल्पाले जिल्ला समिति पनि पाएका छन । डाेल्पा जिल्ला समिति १७ सदस्यीय रहेकाे छ भने मुगु ९ र सल्यान ४५ सदस्यीय रहेकाे छ।

युवाहरूकाे पार्टी भनेर चिनिने विवेकशील साझा पार्टीमा पछिल्लो समय संगठनमा प्रवेश गर्नेहरूकाे राम्रो गणना रहेकाे छ। केही फरक तवरले साेच्ने युवाहरूले विवेकशील साझा पार्टीलाई रूचाइएकाे अनुमान गर्न सकिन्छ । अब साच्चै याे देशलाइ एउटा भिन्न शक्तिकाे खाँचाे छ भन्ने साेचाइ भएका युवा पुस्ताहरूकाे जमघट नै याे पार्टीकाे अहिलेकाे संगठनिक संरचना भएकाे बुझिन्छ ।

कर्णालीमा विवेकशील साझा पार्टिले बृहत रूप लिए पनि युवा संगठनले खासै संगठन बिस्तार गर्न नसकेकाे अबस्थामा केही प्रश्न चिन्ह खडा भएपनि अब उत्तर भेटिएकाे र यसलाइ परिकल्पित गरिएकाे समाजकाे शाब्दिक अर्थ नभेटिए सम्म गहिराइमा उत्तर खाेजिरहने भन्ने बारे विवेकशील साझा युवा संगठन, कर्णाली प्रदेशका संयाेजक अनिल ढकालले जानकारी गराउनु भयाे ।

त्यसैगरी प्रदेश सह-संयाेजक प्रेम केसि पार्टी र राज्य युवाकाे हातमा सुम्पने कुरामा दुइमत राख्नु हुदैन भन्ने कुरा अडिग हुनुहुन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot