काङ्ग्रेसमा प्रवेशकाे लहर ,एमाले र माओवादी सहित सय भन्दा बढी काङ्ग्रेसमा प्रवेश

उमेश बि.क/ नवलपरासी ,३ साउन

एमाले , माओवादी लगायत अन्य पार्टी परित्याग गरि १०० जना भन्दा बढी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. १३ बडेरामा पार्टी कार्यालय उदघाटन तथा पार्टी प्रबेश कार्यक्रमको अवसरमा विभिन्न पार्टी परित्याग गरि १०० जना भन्दा बढी नेपाली कांग्रेसका जिल्ला सदस्य एवम् महासमिति सदस्य तथा सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीबाट टीका तथा खादा ग्रहण गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन।

नेपाली काङ्ग्रेस वडा कार्यसमिति वडा नं. १३ द्वारा आयोजना गरिएको पार्टी कार्यालय उदघाटन तथा पार्टी प्रबेश कार्यक्रम वडा सभापति शोभाखर पाण्डेको सभापतित्वमा तथा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य एवम् महासमिति सदस्य तथा सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रममा सम्बोधन गर्दै नेपाली काङ्ग्रेस जिल्ला सदस्य एवम् महासमिति सदस्य तथा सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीले नेपाली काङ्ग्रेसको बिचार र सिदान्तलाई अङ्गालेर काङ्ग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई काङ्ग्रेसले सधै सम्मान गर्ने अवसरहरुलाई समान रुपमा वितरण गर्ने नया पुरानो नभनी भेदभाब नगरिने उनले बताए। नेपाली काङ्ग्रेसमा आबद्ध सबैले आफ्नो समस्यामा र समाजका समस्यामा हातेमालो गरेर अघी बड्न सुझाब दिदै नेपाली काङ्ग्रेस सबै वडा स्तरका कार्यकर्ता सक्रियताका साथ लागेर काङ्ग्रेस बलियो बनाउन अाग्रह गर्नुभएको छ । अहिले सम्मका परिवर्तनहरुमा काँग्रेसको नेतृत्वदायी भूमिका रहेको बताउँदै अब यश क्षेत्रकाे विकास र समृद्धिको नेतृत्व समेत काँग्रेसले नै गर्ने बताउदै नवप्रवेसि कार्यकर्तालाई शुभकामना ब्यक्त गर्नुभएको हाे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता ,कार्यकर्ता तथा नेपाली काङ्ग्रेसको बिचारधारालाई मान्ने शुभेच्छुककाे उल्लेखनीय सहभागीता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!