Rashtriya Dainik

नवलपरासीको सरावलमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

उमेश बि.क / नवलपरासी ,१४ असार

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ जावामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

सरावल गाउँपालिकाकाे अायाेजना तथा जनकल्याण सीप प्रशिक्षण केन्द्र र एकता किशोर किशोरी समुहको सहजिरणमा काेराेना भाइरस सम्बन्धि बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हाे ।

जनकल्याण सीप प्रशिक्षण केन्द्रका अध्यक्ष उमेश कुमार बि.क काे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा सामाजिक दुरि र स्वास्थ मापदण्ड अपनाउदै उक्त कार्यक्रम सम्पन्न भएको हाे ।

प्रतियोगिता सम्बाेदन गर्दै पालिका अध्यक्ष चाैधरीले मानव जिवनमा स्वास्थ्य सबैभन्दा ठुलाे धन भएको हुनाले अाफ्नाे स्वास्थ्य प्रती सबैले ध्यान दिन समेत अाग्रह गर्नुभएको हाे।
सावधानी अपनाउदै समाजिक दुरी कायम गरि मास्क र सेनिटाइजरकाे प्रयाेग सहित अात्म सुरक्षामा ध्यान दिन अनुरोध गर्दै दैनिक कार्य सन्चालन गर्दा अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्ने ,साबुनपानीले हात धुने तथा सुरक्षाको उपाय अवलम्बन गर्ने अाग्रह गर्नुभएको हाे।


१० जना छात्र–छात्राहरू सहभागी रहेको उक्त वक्तृत्वकला प्रतियोगितामा दुर्गा चौधरी प्रथम, सुमन यादव द्वितीय, माेनिका चौधरी तृतीय स्थान हासिल गरेका थिए । प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई मेडल कप प्रमाणपत्र लगाएतकाे पुरस्कार प्रदान गरिएको थियाे।

प्रतियोगितामा जनकल्याण सीप प्रशिक्षण केन्द्रका अध्यक्ष उमेश कुमार बि.क ,सरावल बाल सन्जालका पुर्व अध्यक्ष सन्दिप बि.क तथा वडा नम्बर ३ स्तरीय बाल सन्जाल पुर्व अध्यक्ष अारिफ अलि खाँले निर्णायक मंडलका भुमिका निर्वाह गरेका थिए भने प्रतियोगिताकाे सन्चालन दुर्गा बि.क ले गरेकि थिइन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित