अर्जुन शाह/विरगन्ज/असार १२
वीरगञ्ज महानगरपालिका वडा नं ३१ बेलवाका २५ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । डि के ए अष्ट्रियाको सहयोगमा युवालय नामक संस्थाले २५ जना गरिब एवम् विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो
निषेधाज्ञाका कारण विद्यालय बन्द हुँदा विद्यार्थीहरुको नियमित पठनपाठन अवरुद्ध भइरहेको अवस्थामा घरमै बसी अध्ययन गर्ने बानीको विकास गर्ने अभिप्रायले शैक्षिक सामाग्री वितरण गरिएको युवालयका बोर्ड सदस्य एवम् बालअधिकारकर्मी जया साहले बताए ।
उनले भने, ‘युवालयले विगतदेखि नै बालबालिका, सुत्केरी तथा गर्भवतिको क्षेत्रमा काम गर्दै आएको छ । यसअघि हामीले राहत वितरण गरेका थियौँ । अहिले पनि आवश्यक्तालाई मध्यनजर गर्दै राहत पनि बाँड्यौँ भने अहिले बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्दै छौँ ।
स्थानीय अभिभावक केशव तिमिल्सिना, स्वयमसेवकहरु विकास साह, हरेराम साह लगायतको उपस्थितीमा शैक्षिक सामाग्री वितरण गरिएको हो । प्रति विद्यार्थी ८ वटा कपी, १४ वटा पेन्सिल, १० वटा कटर, १० वटा इरेजर, ५ वटा पेन, १ बक्स कलर पेन्सिल, स्केल गरी ५ सय रुपैयाँ बराबरको प्याकेज बनाएर वितरण गरिएको साहले बताए ।
आगामी दिनमा महानगरपालिकाका अन्य वडाहरुमा पनि शैक्षिक सामाग्री वितरण गर्ने कार्यलाई निरन्तरता दिने साहको भनाई छ । शैक्षिक सामाग्री वितरण कार्यक्रमको सहजिकरण राजेश्वर चौधरी गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

