Rashtriya Dainik

नेपाल औषधि व्यावसायी संघको ४८ औं स्थापना दिवसकाे अवसरमा ब्याडमिन्टन प्रतियोगिता

उमेश बि.क / नवलपरासी , ११ असार

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १ माकर (जिमिरेभार) मा नेपाल औषधि व्यावसायी संघको ४८ औं स्थापना दिवसकाे अवसरमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ।

नेपाल औषधि व्यावसायी संघको जिल्ला अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षता तथा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष होमनाथ भण्डारीको प्रमुख आतिथ्यता एवं संघका कोषअध्यक्ष राजकुमार चौधरीको संयोजकत्वमा र संघका सचिब बाबुराम तिमिल्सिनाको सन्चालनमा सम्पन्न प्रतियोगितामा जिल्ला शाखाका पदाधिकारी, सल्लाहकार एबं सदस्यहरुको सहभागितामा रहेको थियोे ।

स्वास्थ्यका लागि खेल रास्ट्रका लागि खेल भन्ने उद्देश्यका साथ संचालित मैत्रीपुर्ण ब्याडमिन्टन खेलमा जिल्लाभरिका २६ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा रामग्राम रानिपाकडको टीम प्रथम ,बर्दघाटको टीम दोस्रो र बर्दघाटकै टीम तेस्रो स्थान हासिल गरेको हाे।

प्रतियोगितामा विजयी टिमलाई क्रमश प्रथम १० हजार ,दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार साथमा प्रमाणपत्र, शिल्ड ,मेडल पुरस्कार प्रदान गरिएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित