काठमाडौं– नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बुधबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
निगमले पेट्रोल, जिडेल, मट्टितेल तथा हवाई इन्धन (अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान)को मूल्य बढाएको हो। पेट्रोल, जिडेल, मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाइएको छ।
२ रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टितेलको मूल्य ११० रुपैयाँ कायम भएको छ।
हवाई इन्धन अन्तर्राष्ट्रि उडाको मूल्य प्रति किलोलिटर २० अमेरिकी डलर र हवाई इन्धन आन्तरिक उडानको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाइएको छ।
आयल निगमले करिब १८ दिनकै अवधिमा पुन: इन्धनको मूल्य बढाएको हो। यसअघि गत जेठ २३ गतेदेखि लागू हुने गरी पनि निगमले इन्धनको मूल्य २ रुपैयाँ प्रतिलिटरका दरले बढाएको थियो।

फेरि मूल्य बढाउँदा पनि निगमले घाटा नै रहेको बताएको छ। हाल पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७५ पैसा, डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ५३ पैसा घाटा रहेको निगमको जिकिर छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

