उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न अनेरास्ववियूको माग, २ जना पक्राउ

२५ असोज, काठमाडौं । सत्तारुढ नेकपा सम्बद्ध अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालय (त्रिवि) समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेमाथि कारवाहीको माग गरेको छ ।

अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले आज संयुक्त विज्ञप्ति जारी गर्दै चलाउनेलाई आक्रमण गर्नेलाई गिरफ्तार गरी हदैसम्मको कारवाही गरेर प्राध्यापक जगतलाई सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका हुन् ।

यही असोज २० गते त्रिवि परिसरमै उपप्राध्यापक चलाउनेमाथि एक समूहले आक्रमण गरेको थियो । उनको टाउको, हात र शरीरका बिभिन्न भागमा चोट लागेको छ । उपप्राध्यापक चलाउनेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

अनेरास्ववियूले आफूलाई लोकतन्त्रवादी भन्ने समूहले चलाउनेलाई आक्रमण गरेको भन्दै यो घटनाबाट सिंगो बौद्धिक र प्राज्ञिक क्षेत्र आतंकित भएको उल्लेख गरेको छ ।

आक्रमणको आरोपमा २ जना पक्राउ

यसैबीच चलाउनेमाथि आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

भक्तपुरको सूर्यविनायकबाट रुपेश शाह र सिरहाबाट रविन लामालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको एक निजी कलेजका विद्यार्थी उनीहरू नेविसंघको राजनीतिमा सक्रिय रहेको बताइन्छ ।

उनीहरूलाई आक्रमणमा प्रयोग गरिएको हुन सक्ने भएकाले अनुसन्धान भइरहेको प्रहरीका एक अधिकारीले बताए ।

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नुको कारण भने खुलेको छैन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot