Rashtriya Dainik

पश्चिम नवलपरासीमा माक्स बैंक स्थापना

महेश यादव /नवलपरासी ,८ असार

पश्चिम नवलपरासीकाे विभिन्न स्थानीय तहरुमा मास्क बैंक स्थापना गरिएको छ । यूवा सचेतना संस्था नवलपरासीको द्वारा कोरोनाको दाेस्रो लहरमा रामग्राम नगरपालिका ,सुनवल नगरपालिका र सरावल गाउँपालिकामा माक्स बैक स्थापना गरिएको छ । मास्क बैंक स्थापना कार्यक्रम समृद्धि सामाजिक विकास संस्था नवलपरासी र समाजसेवी रियाज अलि लगाएत सुनवलका सकृय युवाहरुकाे सहजीकरणमा गरिएको छ ।

संस्थाका अध्यक्ष अध्यक्ष ईमामुल अलीकाे अध्यक्षता र माननिय वैजनाथ जैसवालकाे प्रमुख अतिथता तथा रामग्राम नगरपालिका वडा नम्बर ६ का वडा सदस्य विद्या सागर तिवारी,वडा नम्बर २ का सदस्य धिरज हलुवाई , समाजसेवी तबरेज अालमकाे अतिथतामा रामग्राम नगरपालिकाबाट मास्क बैंक स्थापना कार्यक्रम सुरु गरिएको हाे

काेभिड १९ महामारीको दाेस्राे लहर राेकथामका लागि साझ पहल नाराका साथ सामाजिक दुरि कायम गराै , मास्क लगाउने बानि बसालौ , हुनेले दिएर जाउँ नहुनेले लिएर जाउँ उदेश्यका साथ मास्क बैंक स्थापना गरिएको हाे ।

साे अवसरमा बाेल्दै प्रमुख अतिथि जैसवालले काेराेना भाईरसकाे दाेस्राे लहरले अाम जनसमुदायमा धेरै नै प्रभाव पारेको बताउदै अाम नागरिककाे समस्या बुझि सहयोग गर्ने उदेश्यले मास्क बैंक स्थापना गरिएको बताए । उहाँले एकातिर बाढिले गरेको क्षति एकातिर काेराेना महामारीको दाेस्राे लहरले गर्दा अाम नागरिककाे दैनिक जिवन अापन गर्ने समस्या समेत बढेकाे भन्दै युक्त समस्यालाई मध्यनजर गर्दै काेराेना महामारीको जाेखिमबाट अाम जनसमुदायका मानिसहरूलाई सहयोग गर्ने उदेश्यले मास्क बैंक स्थापना गरिएको बताउनुभयो । साथै यश विषम परिस्थितिमा महामारीको जाेखिम बाट बचन र अरुलाई बचाउनकाे लागि मास्क बैंक स्थापना गरि जनचेतना फैलाउदै मास्क नलागाएर हिड्ने ब्यक्तहरुलाई मास्क लगाउन प्रेरित गरि निशुल्क रुपमा मास्क वितरण गर्ने र अाफु स्वम पनि जनताकाे हकहित र सुरक्षाको लागि दिनरात खटिने बताउनुभएकाे थियो ।

काेराेना भाईरसकाे विषम परिस्थितिमा मानिसहरुकाे अति अावश्क काम बाहेक अावत जावत गर्नमा राेक लगाउनका लागि नेपाल सरकारले जारि गरेको निषेधाज्ञा लाई पालन गर्दै काेराेना बाट नवलपरासीका मानिसहरुलाई सचेत गर्नका लागि र जनचेतना फैलाउने उदेश्यले मास्क बैंक स्थापना गरिएको संस्थाका अध्यक्ष अलिले बताए । साथै अाम जनसमुदायका गरिब तथा विपन्न मानिसहरुलाई टेवा पुग्ने बताउदै याे अभियान सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहयोगी संघसंस्था र समाजसेवीहरुलाई धन्यवाद समेत दिएका थिए ।

यश काेराेना बाट अफु पनि बाचौ र अरुलाई पनि बचाउ भन्ने साेचले स्थापना गरेको मास्क बैंकले गरिब जनता लाई सहयोग पुग्नुका साथै काेराेनाकाे जोखिमबारे सचेत गराउन र बाटोमा बिना माक्स हिनिरहेका मानिसहरुलाई माक्स वितरण गरि काेराेना बाट बचन जनचेतना जगाउने उदेश्यले स्थापन गरिएको वडामा नम्बर ६ का वडा सदस्य तिवारीले बताउनुभएको थियो ।

साे मास्क बैंक स्थापना कार्यक्रममा सुनवल नगरपालिका सकृय युवा परिवर्तन भट्टराई ,विक्कि डुमरे ,समीर परिवारकाे सहजीकरण रहेको थियोे । भने सरावल गाउँपालिकामा समृद्धि समाजिक विकास संस्था नवलपरासीका अध्यक्ष महेश यादव ,
समाजसेवी रियाज अली ,सैफुल्लाह अंसारी , संजय मिश्रा ,छोटेलाल गुप्ता , झिन्कु सिंह , घनश्याम चाैधरी , लगाएतकाे साथ सहयोग र उपस्थितिमा मास्क बैंक स्थापना गरिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित