Rashtriya Dainik

जन्माेत्सवकाे अवसरमा नवलपरासीको पाल्हिनन्दनमा मास्क बैंक स्थापना

ज्ञानेश्वर सहानी, नवलपरासी /७ असार

पश्चिम नवलपरासीको पाल्हिनन्दनमा आज एक कार्यक्रमका बिच उत्तम सहयोगी समाज संस्थाका अध्यक्ष गुड्डु गुप्ताकाे जन्माेत्सवकाे अवसरमा हुनेले दिएर जाउँ , नहुनेले लिएर जाउँ नाराकाे साथ दुई स्थानमा मास्क बैंकको स्थापना गरिएको छ ।

पाल्हिनन्दन गाउँपालिका वडा नं १, महेशपुर र वडा नं ३ बेलाशपुरमा काेभिड -१९ महामारीको दाेस्राे लहरकाे राेकथाम गर्न मास्क बैंक स्थापना गरिएको पत्रकार रन्जित शर्माले बताउनुभयो ।

मैत्री समाज नेपाल , उपकार समाज संस्था , उत्तम सहयोगी समाज संस्था र याेगदान राष्ट्रका लागि नवलपरासी शाखाकाे सहयाेगमा मास्क बैंकको स्थापना भएकाे हाे ।

कार्यक्रममा पत्रकार रन्जित शर्मा , सुरेश यादव , ज्ञानेश्वर सहानी , मैत्री समाज नेपालका अध्यक्ष राकेश गुप्ता , उत्तम सहयाेगी समाज संस्थाका अध्यक्ष गुड्डु गुप्ता , विनाेद निगम र सस्त्र प्रहरी एवम् नेपाल प्रहरीको सुरक्षाकर्मी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित