Rashtriya Dainik

२९ औ जन्म दिनको अबसर पारि जप्रेलले गरे जिल्ला अस्पतालका बिरामी लाई फलफुल बितरण

दोरेन्द्र खड्का /बझाङ घरेलु तथा साना उधोग कार्यलय बझाङका बरिष्ट प्राबिधिक दशरथ जप्रेले जिल्ला अस्पतालमा रहेका बिरामी लाई फलफुल बितरण गरेका छन । मिलनसार सहयोगी भाबना भएका जप्रेलले भने अनाआबश्यक खर्च गर्नु भन्दा बिरामी लाई सानै भएपनी फलफुल बितरण गरी बिरामी लाई स्वास्थ लाभको कामना दिदै अस्पतालमै पुगेर फलफुल बितरण गरेको बताएका छन । बेला बेला गरिब दुखी असाय लाई पनि सहयोग गर्दे आउनु भएका जप्रेलले केही महिना अगाडी जिल्ला भर रहेका अनाथ वालबालिका लाई चिसो मौषममा न्यानो बाला सुईटर लुगा बितरण गरेको जानकारी दिए । दुर्गाथली वडा न ५ घर भई हाल चैनपुर बजारना डेरा गर्दै बसिरहेका जप्रेलको काम देखि सबै खुसी भएको उनका छिमेकीले नरेन्द्र दौल्यालले बताए । समाजका हरेक सामाजिक कार्यमा सानै देखी काम गर्न रुचि भएको बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित