वीरगंज २९ जेठ। बीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित रहेको इनर्वा गाउँ हुँदै दिनहु तस्करी कार्य बढेपनी सीमामा खटिने सशस्त्र प्रहरी मात्र नजरानामै सिमित रहेको देखिन्छ । माथिल्लो निकायलाइ मासिक लाखौ रूपैया बुझाए पश्चात् दिनभरी कपडा र स्याउको कारोबार हुने गरेको पाइन्छ । सीमा नाकाको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी र शान्ती सुरक्षाको नाममा खटिएका नेपाल प्रहरीले तस्कर गिरोह सङ्ग रकम असुल गरे पश्चात् कपडा र स्याउको तस्करी तिब्र रूपले अगाडी बढेको पाइन्छ । इनर्वा हुँदै निरू, सत्रुधन यादव, सन्तोष, बिजय कलवार लगायतका तस्कर समूह कपडा र स्याउको तस्करी कार्य सुचारू गरेका छन । बोर्डर आउट पोस्ट बिरगंज भन्सारका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बम र स्थानीय प्रहरी चौकीले मासिक लाखौ रूपैया बुझे पश्चात् तस्करी कार्य सुचारू भएको बताइन्छ । एक जना स्थानीयका अनुसार रातभरी सीमा नाका हुँदै नेपाल भित्रिने र इनर्वा गाउमा राखिने गरेको र दिनभरी टेम्पूको माध्यमले बजारमा आउने गरेको बताए । उनका अनुसार रातभरी कपडा र स्याउको तस्करीका कारण आफुहरूलाई सुत्न समेत अफ्यारो भइरहेको बताए । यता सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका सङ्ग बुझदा आफुलाइ यस बिषयमा केही जानकारी नभएको र यसो गरिएको खन्डमा पक्राउ हुदा स्थानीय बिओपी माथी कारवाही समेत गर्नबाट पछि नहटने बताए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।