२१ असोज, वीरगञ्ज । पर्सामा अफिमको ८ किलो धुलोसहित एक जना पक्राउ परेका छन् । कालिकामाई गाउँपालिका–१ तीन डोबिया बस्ने २९ वर्षीय खोवारी प्रसाद पक्राउ परेका हुन् । गएराति साढे १० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले आफिमसहित खोवारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापा नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । खोवारीको घरमा लागुऔषध अफिम लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । अफिमसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय पोखरीयामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।