Rashtriya Dainik

आज मंगल चौथी व्रत

राष्ट्रिय दैनिक / १६ भाद्र

आज मंगल चौथी व्रत हो । भगवान् गणेशको पुजा आजा गरी मंगल चौथी मनाइँदै छ । भगवान् गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मंगल चौथी भनेर विशेष पूजा आराधना गरेर मनाइने चलन रहेको हो ।

मंलबार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरूले आजकै शुभ दिनबाट व्रत प्रारम्भ गर्छन् । भगवान् गणेश शुभ फल प्रदान गर्ने देवताको रूपमा चिनिन्छन् । आजको दिन श्रद्धापूर्वक गणेशको व्रत लिनाले गणेश भगवान् प्रसन्न भएर व्रतालुहरूलाई चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता छ । यस दिन गणेशको व्रत बस्दा धनदेखि मनले चिताएको सम्पूर्ण पूरा हुने विश्वास गरिन्छ । मंगलबार मंगल ग्रहले प्रतिनिधित्व गर्ने बार हो । त्यस्तै चतुर्थी तिथि भगवान गणेशजीको उत्पति भएको तिथिको रुपमा लिइन्छ। गणेशजी जन्मिएको दिन मंगलबार र चतुर्थी तिथिको संयोग परेकाले त्यस दिनलाई मंगल चौथी भनिएको हो । यसलाई ‘म·ल चतुर्थी’ र ‘आरक चतुर्थी’ पनि भन्ने गरिन्छ ।

यस्तो संयोगलाई गणेशको पूजाआराधना र प्रसन्नताका निम्ति अत्यन्त महत्वपूर्ण तिथिका रूपमा लिइएको छ । मंगल चौथीको दिन गणेश भगवानको स्मरण गर्दै व्रत बस्ने वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुको परम्परा छ । यस दिन व्रत बसे सम्पूर्ण अनिष्टबाट बच्न सकिने, सन्तान प्राप्ति, विद्या, बुद्धि, काम शिद्ध हुने, मांगालिक योगको प्रभाव नहुने र मानसम्मान मिल्ने धनप्राप्ति गराउने गणेश पूराणमा उल्लेख छ । उनलाई बिघ्नहर्ताको रुपमा पनि लिइन्छ । त्यसैले कुनै पनि कार्यमा बाधा आइरहेको छ भने पनि उनको स्मरण गर्दै पूजाआराधाना र व्रत बस्दा समाधान हुने विश्वास रहिआएको छ । मंगलबार भगवानको व्रत बस्न इच्छुक व्रतालुले यस दिनबाट प्रारम्भ गरेमा शुभ हुने बताइएको छ । त्यति मात्र होइन, कुनै पनि शुभ कार्य यसै दिनबाट सुरु गर्दा फलदायी हुने विश्वास गरिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित