आरपि उपाध्याय / नवलपरासी ,६ जेठ
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सोमबार सम्पन्न भएको छ।
पालिकाले दोस्रो चौमासिक समुहको सेवा प्रवाह र विकास निर्माण सम्बन्धि भएको काम कारवाही सम्बन्धमा केन्द्रित रही सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो।
सुस्ता गाउँपालिकामा भएका सडक निर्माण,खानेपानी,शिक्षा,स्वास्थ्य,कृषि लगायत क्षेत्रमा भएको प्रगति, नागरिकहरुको गुनासो र प्रतिक्रिया लगायत विषयमा केन्द्रित रही सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रश्नहरु उठान गरिएको थियो।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायको अध्यक्षतामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा एक दर्जन नागरिकहरुले आफ्नो जिज्ञासा राख्नुभयो।
कार्यक्रममा सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै पालिकाले गरेको प्रगति विवरण,लक्ष्य र उद्देश्यबारे जानकारी गराउनु भएको थियो।
सार्वजनिक सुनुवाइ कार्यक्रममा लक्ष्मण भण्डारी,भुपनारायण चौधरी,नारायणी ढकाल,हरिभक्त कंडेल,प्रदीप जंग राणा, कृष्ण प्रसाद पन्त,खगेन्द्र अर्याल,रियाज अन्सारी,सन्जिव कुमार लगायतले विकास निर्माण र दोस्रो चौमासिकमा भएका सेवा प्रवाह बारे गुनासो र असन्तुष्टि व्यक्त गरेका थिए।
सार्वजनिक सुनुवाइ कार्यक्रममा पालिकामा बढेको बेरुजु रकमबारे चिन्ता पनि व्यक्त गरिएको थियो।

कार्यक्रममा पालिका अध्यक्ष उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत भुसालले सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिदै सार्वजनिक सुनुवाइ कार्यक्रममा जायज र सान्दर्भिक प्रश्न आएको तथा नागरिक अझ बढी जिम्मेवार भइ पालिकाले गरेको विकास निर्माण कार्य प्रति बढी सचेत रहनुपर्ने प्रतिक्रिया दिनुभएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

