Rashtriya Dainik

युवा समाजसेवी विष्णु दत्त मिश्र रास्वपामा प्रवेश, शिवराजको राजनीतिमा नयाँ चर्चा

कपिलवस्तु ,२ जेठ

राष्ट्रिय स्वतन्त्र पार्टीमा युवा समाजसेवी विष्णु दत्त मिश्र प्रवेश गरेपछि शिवराज नगरपालिका–१० को राजनीतिक माहोल तातेको छ ।
स्थानीय स्तरमा सक्रिय सामाजिक अभियन्ताका रूपमा परिचित मिश्रको रास्वपामा प्रवेशसँगै जिल्लाको राजनीतिमा नयाँ बहस र चर्चा सुरु भएको हो ।
रास्वपा शिवराज नगर समितिद्वारा आयोजित कार्यक्रममा नगर अध्यक्ष बालकृष्ण पाण्डेले मिश्रलाई पार्टीमा स्वागत गर्दै परिवर्तनको पक्षमा युवाहरू खुला रूपमा उभिन थालेको बताउनुभयो । उहाँले पुराना दलप्रति जनताको निराशा बढ्दै गएको र वैकल्पिक शक्तिका रूपमा रास्वपाप्रति विश्वास बढिरहेको दाबी गर्नुभयो ।
“अब युवाहरू भाषण होइन, परिणाम खोजिरहेका छन्,” उहाँले कार्यक्रममा बताउनुभयो ।
रास्वपामा प्रवेशपछि प्रतिक्रिया दिँदै विष्णु दत्त मिश्रले देशमा सुशासन, पारदर्शिता र जनमुखी राजनीति आवश्यक रहेको उल्लेख गर्नुभयो । अन्य दलभन्दा रास्वपाको विचार, नीति तथा काम गर्ने शैली आफूलाई प्रभावकारी लागेको भन्दै अब सक्रिय राजनीतिमार्फत समाज परिवर्तनमा लाग्ने उहाँको भनाइ थियो ।
स्थानीय राजनीतिक वृत्तमा मिश्रको प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सामाजिक क्षेत्रमा सक्रिय युवाको रास्वपातर्फको यो कदमले शिवराज क्षेत्रमा नयाँ राजनीतिक समीकरण बन्न सक्ने चर्चा समेत सुरु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित