राजन कुमार बानिया /पर्सा ,२ जेठ
राष्ट्रिय स्वतन्त्र पार्टीले पर्साको धोबीनी गाउँपालिका–४ मा वडा समिति गठन गरेको छ।
रोशन पटेलको सभापतित्वमा गठन गरिएको समितिको उपसभापतिमा सुनिल साह कलवार तथा सचिवमा शिव पटेल चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा बिकि पटेल, रामजानम प्रसाद कुर्मी, विन्देश्वर सहनी, हरिन्द्र राउत कुर्मी, प्रभावती दुसादिन, रिना देवी, मदन मलाह र गीता देवी चयन भएका छन्।
समितिको सल्लाहकारमा विजय पटेल, राकेश दास बनिया, मिथुन पटेल, बिरेन्द्र चमार तथा रामरुप प्रसाद पटेललाई चयन गरिएको जनाइएको छ।
नवनिर्वाचित पदाधिकारीहरूले संगठन विस्तारसँगै स्थानीय तहमा पार्टी गतिविधिलाई प्रभावकारी बनाउँदै जनतासँग प्रत्यक्ष समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

