आरपि उपाध्याय / नवलपरासी ,६ फागुन आउदै गरेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरि नेपाली काङ्ग्रेस नवलपरासी (ब.स.प.) प्रदेश सभा १ को २ ख प्रतिनिधि सभा क्षेत्रको विस्तारित कार्यकर्ता भेला प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीमा सम्पन्न भएको छ। कार्यकर्ता भेलामा वडा र गाउँपालिका सभापति, नेपाली काङ्ग्रेसका महासमिति सदस्य, महाअधिवेशन प्रतिनिधि सुस्ता प्रतापपुर र बर्दघाट नगरपालिकामा नेपाली काङ्ग्रेसका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो। भेलामा प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवार र केही नेपाली काङ्ग्रेसका नेताकार्यकर्ता बिच भएको असमझदारी अन्त्य गरि पार्टीका उम्मेदवारलाई अत्यधिक मतले विजयी बनाउने अभियानमा लाग्न सहमति भएको जानकारीमा आएको छ। नेपाली काङ्ग्रेस प्रतिनिधि सभा १ को २ ख का सभापति अनुरेस प्रसाद जैसवालको अध्यक्षतामा भेला सम्पन्न भएको थियो। उक्त अवसरमा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवार (सन्तु) ले भेला आयोजनाबारे जानकारी गराउदै नेपाली काङ्ग्रेसबाट केही समय पुर्व केही व्यक्ति पार्टी छोडेर गएको कारणले आफू अत्यन्त दु:खी भएको हुँदा नेपाली काङ्ग्रेसलाई बचाउन र कार्यकर्ताको मनोबल बढाउन आफुले भेलाको आयोजना गरेको धारणा राख्दै कार्यकर्ताको दु:ख,सुखमा आफू र सिङ्गो पार्टी पुर्ण रुपमा प्रतिबद्ध रहेको बताए। कलवारले नेपाली काङ्ग्रेसका कार्यकर्तालाई धैर्य धारण गर्दै पार्टीको निर्देशन अनुसार परिचालित हुन आग्रह पनि गर्नुभयो। कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले विगतका दिनमा जनताले आशा गरे अनुसार जनप्रतिनिधिहरुले आफ्नो अधुरो कार्यकालमा विकास निर्माण कार्य गर्न नसक्दा जनतामा असन्तुष्टि चुलिएको हुँदा उक्त असन्तुष्टि आगामी दिनमा हुन नदिन आफू र नेपाली काङ्ग्रेस मन,कर्म र वचनबाट अगाडि बढ्ने जिकिर गर्नुभयो। प्रदेश सभा सदस्य पाठकले नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले पन्चायती शासन फ्याक्दै राजाको शासन पनि अन्त्य गरेको स्मरण गर्दै भदौ ३० गतेको जेन-जी आन्दोलनलाई नेपाली काङ्ग्रेसले नै सम्बोधन गर्दै अगाडि बढेको धारणा राख्नुभयो। भेलामा नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीका उपसभापति अनिल गौड,सचिव कुलदीप आचार्य, महाअधिवेशन प्रतिनिधि चन्द्रप्रकाश ढकाल,सुस्ता गाउँ कार्य समितिका सभापति रबिन्द्र जैसवाल लगायत एक दर्जन पार्टी कार्यकर्ताहरुले काङ्ग्रेसका नेतृत्व वर्गहरु संग आफ्नो असन्तुष्टि व्यक्त गरेको कार्यक्रम सञ्चालक राम प्रसाद जोशीले जानकारी दिनुभयो। पार्टी कार्यकर्ता भेलामा व्यापक रुपमा असन्तुष्टि व्यक्त गरेपनि अन्ततः पार्टीको उम्मेदवारलाई जिताएर छोड्ने सामुहिक प्रतिबद्धता गरिएको जानकारीमा आएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।