मधेशमा रास्वपाको झट्का: संस्थापक सभापति ममता शर्मा कांग्रेसतिर

जनकपुरधाम ,६ फागुन।

मधेशमा नयाँ राजनीतिक तरंग सिर्जना भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी मधेशकी संस्थापक सभापति ममता शर्मा आज औपचारिक रूपमा नेपाली कांग्रेस प्रवेश गर्ने तयारीमा रहेकी छन्।

निकट स्रोतका अनुसार आज जनकपुरधाममै आयोजना हुने विशेष प्रतीज्ञा सभामार्फत उनको पार्टी प्रवेश कार्यक्रम तय भएको छ। उक्त कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा समेतको उपस्थिती रहने बताइएको छ।

ममताले टिकट वितरण प्रक्रियामा आर्थिक चलखेल र विधि मिचिएको गुनासो गर्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएकी थिइन्। पार्टी प्रवक्ता मनिष झा र नेता अमरेश सिंह सँगको मिलेमतोमा सभापति रवि लामिछाने ले आर्थिक प्रभावमा परेर टिकट वितरण गरेको आरोप उनले सार्वजनिक रूपमा लगाएकी छन्।

उनको राजीनामापछि मधेशमा रास्वपाभित्र असन्तुष्टि चुलिएको चर्चा छ। स्थानीय तहदेखि प्रदेश तहसम्मका केही नेता–कार्यकर्ताले समेत नेतृत्वप्रति असन्तोष व्यक्त गरिरहेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार ममता शर्माको कांग्रेस प्रवेशले मधेश प्रदेशको समिकरणमा नयाँ बहस र प्रभाव पार्न सक्ने देखिन्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित