Rashtriya Dainik

पर्सा–४ मा चुनावी सरगर्मी तीव्र, धोबिनी–४ मा जसपा नेपालको घरदैलो अभियान

राजन कुमार बानियाँ /पर्सा, ५ फागुन

पर्सा निर्वाचन क्षेत्र नं. ४ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यस क्रममा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले धोबिनी गाउँपालिका–४ को लंगडी र बखरी गाउँमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको जनाएको छ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. कृपासिन्धु प्रसाद चौधरीले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले विकास र सुशासनलाई मुख्य मुद्दा बनाउन आग्रह गरेका थिए।

जसपा नेपालका प्रतिनिधिहरूले सुशासन, पारदर्शिता, स्थानीयस्तरमै रोजगारी सिर्जना, युवामैत्री नीति तथा सडक, सिँचाइ र खानेपानीजस्ता आधारभूत समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।
कार्यक्रममा पूर्व मन्त्री सिंहगासन साह कलवारसहित स्थानीय तहका जनप्रतिनिधि र पार्टीका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।
पर्सा–४ मा विभिन्न दलहरूले चुनावी अभियानलाई तीव्रता दिँदै मतदाता भेटघाट कार्यक्रम गरिरहेका

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित