Rashtriya Dainik

विनयी त्रिवेणीमा एचपीभी खोप अभियानको तयारी, समन्वय समिति बैठक सम्पन्न

आरपि उपाध्याय /नवलपरासी,६ फागुन।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका अन्तर्गत रहेको त्रिवेणी सुस्ता स्वास्थ्य चौकीको आयोजनामा १ दिने एच.पि.भि. (HPV) खोप अभियान सफल बनाउन खोप समन्वय समितिको विस्तारित बैठक सम्पन्न भएको छ।

विनयी त्रिवेणी वडा नं. ७ का वडा अध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष उमेश कार्कीको अध्यक्षतामा स्वास्थ्य चौकी परिसरमै कार्यक्रम आयोजना गरिएको हो।

बैठकमा स्वास्थ्य चौकीकी सि.अ.हे.ब. राधिका भट्टराई र अ.हे.ब. रञ्जित कुमार शाहले एच.पि.भि. खोप अभियानको उद्देश्य, कार्ययोजना तथा समन्वय प्रक्रियाबारे सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय सञ्चारकर्मी तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा महिलाहरूमा देखिने पाठेघरको मुखको क्यान्सर रोगसम्बन्धी रोकथाम, उपचार तथा सचेतनामूलक जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ।

बैठकमा वडा नं. ७ अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १६ देखि १८ वर्ष उमेर समूहका छात्राहरूको नियमित स्वास्थ्य परीक्षण गरिएको तथा आवश्यक परामर्श सेवा उपलब्ध गराइएको जानकारी पनि दिइएको छ।

स्वास्थ्य चौकीका अनुसार एच.पि.भि. खोप अभियानलाई प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्न स्थानीय तह, विद्यालय र अभिभावकबीच समन्वयलाई थप मजबुत बनाइनेछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित