Rashtriya Dainik

विनयी त्रिवेणीमा महिला संघको सक्रियता: वडा ६ र ७ मा ५१/५१ सदस्यीय प्रचारप्रसार समिति गठन

आरपि उपाध्याय /नवलपरासी,५ फागुन।

आउँदै गरेको फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल महिला संघ विनयी त्रिवेणी गाउँ कार्य समितिले वडा नं. ६ र ७ मा छुट्टाछुट्टै भेला सम्पन्न गरी ५१/५१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ।

विनयी त्रिवेणी गाउँपालिका–६ मा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस वडा नं. ६ का सभापति वीर बहादुर ठकुरीको अध्यक्षता तथा गण्डकी प्रदेश समिति सदस्य ओम कुमारी महतोको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रदेश सदस्य महतोले महिला संघ पार्टीको सशक्त भातृ संगठन भएको उल्लेख गर्दै प्रत्येक राजनीतिक अभियानमा महिलाको सक्रिय सहभागिता निर्णायक हुने बताउनुभयो।

उहाँले आउँदो निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन घरदैलो अभियानलाई प्रभावकारी बनाउँदै प्रचारप्रसारलाई तीव्रता दिन सबै महिला कार्यकर्तालाई आग्रह गर्नुभयो।

कार्यक्रममा महिला नेतृहरू गङ्गोत्री देवी सिंह, सोमाया बि.क, विष्णुदेवी शर्मा, राम कुमारी चौधरी, लिलादेवी राना मगरलगायतले स्थानीय समस्या समाधानमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए।

कार्यक्रम सञ्चालक अचल कुमार जोशीका अनुसार भेलाले बसन्ता उपाध्यायको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ। सह–संयोजकमा मेनुका पंगेनी, सचिवमा गङ्गोत्री चौधरी र कोषाध्यक्षमा विष्णुदेवी शर्मा चयन हुनुभएको छ।

यसैगरी वडा नं. ७ मा पनि महिला नेतृ सुनिता राईको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ। उक्त कार्यक्रममा प्रदेश सदस्य ओम कुमारी महतो, महासमिति सदस्य पुनम नगरकोटी, महाअधिवेशन प्रतिनिधि दुर्गा लक्ष्मी काफ्ले, कला भुजेल, बिमला सापकोटा, बिन्दु अधिकारी, वडा नं. ७ का सभापति निरन्जन थापा तथा प्रचारप्रसार समिति संयोजक गोपाल बहादुर क्षेत्रीलगायतको उपस्थिति रहेको थियो।

महिला संघको यस सक्रियताले विनयी त्रिवेणीमा चुनावी माहोल थप तातेको छ भने महिलाहरूको सशक्त सहभागिताले पार्टी अभियानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित