Rashtriya Dainik

भोलि र पर्सि सार्वजनिक बिदा

काठमाडौं , ५ फाल्गुन २०८२

सरकारले बुधबार (भोलि) र बिहीबार (पर्सि) सार्वजनिक बिदा दिएको छ ।

२०८२ सालको सार्वजनिक बिदासम्बन्धमा २०८१ फागुन ११ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार बुधबार (फागुन ६) ग्याल्पो ल्होसार र बिहीबार (फागुन ७) प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको छ ।

जहाँनिया राणा शासन अन्त्य गरेर २००७ फागुन ७ गते प्रजातन्त्र घोषणा गरिएको दिनको स्मरण गर्दै हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने गरिएको छ । यस दिन सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

२०६२/६३ सालयता विभिन्न समुदायहरुले मनाइने चाडपर्वमा पनि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । जसअनुसार शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसारको अवसरमा बुधबारसार्वजनिक बिदा दिइएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित