काठमाडौं,५ फनगुन।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउन अभियान’ले आफ्ना केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंलाई मंगलबार बेलुकी ५ बजेसम्म स–सम्मान रिहा नगरे ‘वारपारको आन्दोलन’मा उत्रने चेतावनी दिएको छ।
सोमबार राति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएका प्रसाईंलाई बिना कारण राजनीतिक प्रतिशोध स्वरूप पक्राउ गरिएको दाबी गर्दै अभियानले सरकारसमक्ष अल्टिमेटम जारी गरेको हो।
संगठन विभागले जारी गरेको विज्ञप्तिमा तोकिएको समयभित्र रिहा नभए देशव्यापी कडा आन्दोलन सुरु गरिने उल्लेख छ। साथै, निर्वाचन प्रक्रिया बहिष्कार गर्ने र अनिश्चितकालीन बन्दको घोषणा गर्ने चेतावनीसमेत दिइएको छ।
अभियानले यसअघि सरकारसँग भएको १२ बुँदे सहमति कार्यान्वयन गर्न पनि माग गरेको छ। विभिन्न संघ–संस्था, यातायात व्यवसायी, उद्योगी–व्यवसायी, कर्मचारी तथा सर्वसाधारणलाई आन्दोलनमा साथ दिन अपिल गरिएको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

