राष्ट्रिय दैनिक /नवलपरासी ,५ फागुन
नवलपरासीको महेशपुर–परासी सडकखण्डमा निर्माण ढिलासुस्तीविरुद्ध स्थानीय युवाहरूले दुई घण्टा सडक अवरुद्ध गरेपछि विषय राष्ट्रिय चासोको केन्द्रमा पुगेको छ।
करिब १.५ किलोमिटर सडक दुई वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसकेको भन्दै उनीहरूले तत्काल काम सुरु गर्न माग गरेका हुन्।
स्थानीयका अनुसार निर्माण कम्पनीले दुवै किनारामा मिस्कट खसालेर करिब २० दिनदेखि काम अलपत्र छाडेको छ। सडक धुलाम्मे हुँदा दैनिक आवतजावत गर्ने सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर परेको गुनासो छ भने दुर्घटनाको जोखिम पनि बढेको बताइएको छ।
आन्दोलनरत युवाहरूले सम्बन्धित निकायलाई भोलिसम्म वार्तामा बस्न आग्रह गर्दै माग सम्बोधन नभए सडक पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएका छन्। आवश्यकता परे राष्ट्रिय स्तरमै दबाब सिर्जना गर्ने रणनीति अपनाउने संकेतसमेत उनीहरूले दिएका छन्।
स्थानीय प्रशासनले वार्तामार्फत समस्या समाधान गर्ने पहल भइरहेको जनाएको छ। तर निर्माण कार्य तत्काल सुरु नभए आन्दोलन थप सशक्त हुने युवाहरूको अडान छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

