राष्ट्रिय दैनिक / नवलपरासी ,५ फागुन
नेपाली काङ्ग्रेस परित्याग गरेका नेपाली काङ्ग्रेसका नेताहरु रास्वपामा खुलेका छ्न। विभिन्न पदिय जिम्मेवारीमा रहेर असन्तुष्ट बनी पार्टी छाडेका नेताहरु क्रमिक रुपमा रास्वपामा खुलेका हुन ।
नेपाली काङ्ग्रेसका जिला सदस्य ध्रुव राज जम्मरकट्टेल,बर्दघाट नगर सभापति दामोदर जिसी,प्रदेश सभा क्षेत्र नम्बर १ का सचिव बालिन्द्र बिक्रम शाही,प्रदेश १ क का सचीव भवानी शङ्कर भट्टराई लगायतका नेताहरु रास्वपामा समाहित भएका छ्न ।
बर्दघाट नगरपालिका वडा नम्बर १४ स्थित रास्वपाको प्रचार प्रसार कार्यालयमा रास्वपाका जिल्ला सभापति महेन्द्र सेन ठकुरीले पार्टीको ब्याज लगाएर उनिहरुलाई रास्वपामा स्वागत गरेका छ्न ।
पार्टी बाट अलग भएका अन्य नेता तथा कार्यकर्ताहरु रास्वपामा आबद्ध हुँदै जाने क्रम देखिएको छ । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाल रास्वपा बाट उम्मेदवार बनेपछि उनलाई सघाउन पार्टी त्याग गरेको बताईन्छ ।
जिल्लामा हाल सम्म पदिय जिम्मेवारीमा रहेका ८ जनाले पार्टी छाडेका छ्न।यो क्षेत्रबाट काङ्ग्रेसका केन्द्रीय सदस्य बिनोद चौधरी पुनः उम्मेदवार बनेपछि काङ्ग्रेसमा असन्तुष्टि पैदा भएको बताईन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

