आरपि उपाध्याय / नवलपरासी ,१९ भदौ
पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ मा रहेको साना किसान कृषि सहकारी संस्थामा सञ्चालक समिति र कर्मचारीहरु बिचको असमझदारीले सेवा कार्य ठप्प भएको छ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको छुट्टाछुट्टै दुई पालिका बिच सेवा क्षेत्र रहेको त्रिवेणी साना किसान कृषि सहकारी संस्थामा विगत केही महिना पूर्वदेखी विनियम र सहकारी विभागले दिएको निर्देशनलाई अवज्ञा गर्दै ती दुबै निकायले आफ्नो अनुकुलको व्याख्या गर्दै संस्थाको सेवा कार्यलाई प्रभावित गर्दै आएको एक सञ्चालक सदस्यले जानकारी दिएका छन।
संस्थामा कहिले सञ्चालक सदस्य सङ्ख्याको जोड घटाउ गरिनु र कहिले सञ्चालक कर्मचारीहरुको अधिकार क्षेत्र नबुझेको कारण नै संस्थामा नीतिगत भन्दा व्यक्तिगत टकरावले करोडौंको नाफा हुने संस्था अहिले अनिर्णयको बन्दी बन्न पुगेको हो।
संस्थाका कर्मचारीहरुले आफुले पाउने श्रावण महिनाको तलब नपाएको गुनासो गर्दै दुई दिनदेखि दैनिक कामकाज ठप्प पारेका छन।
उता सञ्चालक समितिले कर्मचारीको विगतमा भएको नियुक्ति ग्रेडलाई अभिलेखिकरण गर्न निर्देशन दिएको पनि बुझिएको छ।
यसै सन्दर्भमा संस्थाकी अध्यक्ष सरस्वती बस्नेतले संस्थाका कर्मचारीहरुले सहकारी विभागको निर्देशन पालना नगरेको र स्वच्छेचारी ढङ्गले अगाडि बढेकोले विधिसम्मत ढङ्गबाट संस्था चलाउन आफ्नो अधिकार क्षेत्र अन्तर्गत रहेर संस्थाको दैनिक कार्य सञ्चालन कार्यलाई व्यवस्थित गरेको प्रतिक्रिया दिनुभएको छ।
अर्कोतर्फ संस्थाकी प्रबन्धक सरीता शर्माले आफुहरुले एक महिनादेखि तलब नपाएकोले आफुहरुले सेवा बन्द गरेको बताउदै अध्यक्ष समक्ष लिखित निवेदन दिएको जानकारी दिदै कर्मचारीहरु बाध्य भएर पेन डाउन गरि दैनिक कार्य ठप्प गरेको प्रतिक्रिया दिनुभएको छ।
यस सन्दर्भमा वरिष्ठ पत्रकार आर.पि. उपाध्यायले अध्यक्ष बस्नेत र व्यवस्थापक शर्मा संग संक्षिप्त कुराकानी गर्नुभएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

