Rashtriya Dainik

रानीनगरमा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न ,शिविरमा ३१० जना बिरामीहरुको आँखा परिक्षण

आरपि उपाध्याय / नवलपरासी ,१८ भदौ

डाक्टर बिनोद निता आँखा अस्पताल परासीको आयोजना तथा त्रिवेणी आँखा उपचार केन्द्र विनयी त्रिवेणी ७ रानीनगरको सह आयोजनामा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ।
ब्रहम कुमारी ईश्वरीय विश्वविद्यालय प्रशिक्षण केन्द्र त्रिवेणीको सञ्चालिका जानकी दिदीको अध्यक्षता तथा विनयी त्रिवेणी ७ का वडा अध्यक्ष उमेश कार्कीको प्रमुख आतिथ्यतामा आँखा शिविर सम्पन्न भएको हो।


सो अवसरमा प्रमुख अतिथि कार्कीले आँखा उपचार कार्यको लागि वडा कार्यालयको पुर्ण सहयोग रहने बताउदै आँखा उपचार जस्तो महान कार्य गरेर आँखा अस्पताल परासीले समाजप्रति जिम्मेवारीपूर्ण काम गरेकोमा सो कार्यप्रती वडा कार्यालय आभारी रहेको चर्चा गर्दै यस्ता मानवीय कार्य सदैव हुँदै जाओस भन्ने कामना गर्नुभयो।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएकी ब्रहम कुमारी जानकी दिदीले जनताप्रति जिम्मेवारी बुझेर आयोजक संस्थाले गरेको मानवीय सेवाबाट सबैको मन प्रफुल्ल भएको बताउनु भयो।
उहाँले नि:शुल्क आँखा शिविर ल्याएर डा. बिनोद निता आँखा अस्पतालले पुण्य काम गरेको धारणा पनि राख्नुभएको थियो।


सो अवसरमा आँखा अस्पतालका प्रबन्धक अजय पाण्डेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै ३६ वर्ष पूर्व समाजसेवी पृथ्वीराज कंडेलद्वारा स्थापना गरिएको आँखा अस्पतालले जिल्ला अन्तर्गत सिमावर्ती क्षेत्रका जनताको भावना अनुसार स्थानीय स्तरमै नि:शुल्क रुपमा आँखा शिविरको माध्यमबाट सेवा पुर्याउदै आएको बताउदै यो कार्यबाट विपन्न र पीडित समुदाय बढी लाभान्वित भएकोे धारणा राख्दै अति विपन्नहरुलाई स्थानीय तहको सिफारिसमा अप्रेसन लगायतका कार्यपनी नि:शुल्क रुपमै गरिने जिकिर गर्नुभयो।


कार्यक्रममा शिवपुरगढी मा.वि. का प्र.अ. अदम बहादुर थापा लगायतले कार्यक्रमको सफलताको कामना गर्नुभएको कार्यक्रम सञ्चालिका वरिष्ठ नेत्र सहायक राधिका यादवले जानकारी दिनुभएको छ।

एक दिने नि:शुल्क आँखा शिविरमा ३१० जना बिरामीहरुको आँखा परिक्षण गरिएकोमा ६५ जनामा मोतियाबिन्दु देखिएकोले ती बिरामीहरुलाई अविलम्ब आँखा अस्पताल परासीमा नि:शुल्क अप्रेसन गरिने तथा बिरामीहरुलाई नि:शुल्क चस्मा र औषधि वितरण गरिएको पनि आयोजकले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित