राष्ट्रिय दैनिक / नवलपरासी ,९ भदौ
गत आर्थिक वर्षको उखु उत्पादन अनुदानको भुक्तानीको लागि उखु किसानहरूको आन्दोलन तीव्र भएको छ। उखु उत्पादक महासंघ र उखु उत्पादक कृषक समिति लगायतका किसान संघहरूले ७० रुपैया प्रति क्विन्टलको अनुदान तत्काल भुक्तानी गर्नु माग गरेका छन।
किसानहरूले काठमाडौको माइतीघर मण्डलामा धर्ना जारी राख्दै प्रदर्शन गरेका छन्। उनीहरूले आफ्ना मुख्य मागहरू सहितका प्लेकार्डहरू प्रदर्शन गरेका छन्, जसमा “एकतर्फी मूल्य स्वीकार छैन,” “उखु कृषक शोषण बन्द गर,” र “उखु अनुदान भुक्तानी गर,” जस्ता नारा समावेश छन्।

उखु किसान महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष उमेशचन्द्र यादव, जो यो आन्दोलनका प्रमुख नेताहरूमध्ये एक हुन्,उनले भने, “कृषकको शोषण भइरहेको छ र सरकारले हाम्रो मागलाई नजरअन्दाज गरिरहेको छ। सरकारले ७० रुपैया प्रति क्विन्टलको अनुदान भुक्तानी नगरेसम्म संघर्ष जारी रहनेछ।”
आन्दोलनको दाेस्रो दिन पनि किसानहरूले सरकारसँग प्रत्यक्ष संवादका लागि प्रयास गरिरहेका छन्। उनीहरूले कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग भेटघाट गर्नका लागि मन्त्रालय पुगेका छन। भेटघाटमा किसानहरूले अनुदानको मुद्दा र समस्याको दीर्घकालिक समाधानको माग गरेका छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानहरूको समस्यालाई गम्भीरताका साथ लिनुपर्ने आवश्यकता रहेको बताएका छन्। उहाँका अनुसार, “किसानको हक र हितको रक्षा सरकारको प्रमुख प्राथमिकता हो, र हामी चाँडै यस मुद्दामा सकारात्मक समाधान ल्याउने प्रयास गर्नेछौं।”

उखु किसानहरूले अघिल्लो वर्षको अनुदान भुक्तानीको मिति पुरा भएको अवस्थामा, अहिले पनि उनीहरूको पेमेन्ट प्राप्त गर्न नसकेको बताएका छन्। यसका कारण, उनीहरूको दैनिक जीवनमा आर्थिक कठिनाइहरूको सामना गर्नुपरेको छ।

उखु किसानहरूको आन्दोलनले सरकारसँगको वार्ता र निर्णय प्रक्रियामा थप चासो र चाँडो समाधानको लागि दबाब सृजना गरिरहेका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

