Rashtriya Dainik

“पश्चिम नवलपरासी सहित तराईका १३ जिल्लाका किसान काठमाडौँमा, भोलीदेखि आन्दोलनको तयारी”

राष्ट्रिय दैनिक / नवलपरासी ,७ भदौ

नेपालका उखु किसानहरूले सरकारले दिने अनुदानमा गरिएको आधा कटौतीको विरोधमा कडा आन्दोलनमा उत्रने तयारी गरेका छन्। चालु आर्थिक वर्षदेखि उखु किसानहरूको अनुदान रकम कटौती भएपछि किसानहरूको असन्तुष्टि बढेको छ। किसानहरूले सरकारको असंवेदनशीलता र मागको वेवास्तामा आन्दोलनको बाटो रोजेका हुन्।

पश्चिम नवलपरासीसहित तराईका १३ जिल्लाका उखु किसानहरू भोलीबाट काठमान्डौ केन्द्रित आन्दोलन सुरु गर्ने भएका छन् । भोली माईतिघर मण्डलामा प्रर्दशन र धर्ना दिइने कार्यक्रम तय भएको छ। यससँगै किसानहरू तत्काल गत वर्षको अनुदान रकमको निकासी र ७० रुपैयाँ प्रतिक्वीन्टलको अनुदान रकम आधा घटाउने निर्णयलाई फिर्ता लिन दबाब दिने तयारीमा छन्।

किसानहरूको पीडा र आन्दोलनको कारण
उखु किसानहरूको अनुसार, सरकारले अनुदान कटौती गर्दै गत वर्षको पाउनुपर्ने डेढ अर्ब रकम पनि नदिएको छ। यसले कृषकहरूलाई कठिन आर्थिक संकटमा पुर्याएको छ। यद्यपि, सरकार र विभिन्न राजनीतिक दलका नेताहरूसँग गरिएको छलफलका बाबजुत कुनै समाधान नआएपछि किसानहरू आन्दोलनमा उत्रन बाध्य भएका हुन्।
“हामी बारम्बार सरकारसँग कुरा गरेका छौं, तर कुनै सुनुवाई भएको छैन। अन्ततः हामी काठमाडौँमा धर्ना र प्रदर्शन गर्ने निर्णयमा पुगेका छौं,” उखु उत्पादक महासंघ लुम्बिनी प्रदेशका संयोजक उमेशचन्द्र यादवले बताए।

उखु खेतीको अनुदान कटौतीले कृषकहरूको मनोबलमा ठूलो गिरावट ल्याएको छ। खासगरी नवलपरासी र अन्य तराई क्षेत्रका किसानहरू निराश छन्। उद्योगको भुक्तानीमा ढिलाइ र अनुदानको कमीले उखु उत्पादन घटाउन थालिसकेको छ। कृषकहरूको भनाइअनुसार, यो कदमले भविष्यमा उखु खेतीलाई नकरात्मक असर पार्नेछ।

नेपालको उखु खेतीको इतिहास २४ वर्ष पुरानो छ । र यस अवधिमा उखुको मूल्य जम्मा ५१४ रुपैयाँले मात्र वृद्धि भएको छ। २०५८ सालमा १४१ रुपैयाँ रहेको उखुको मूल्य २०८१-०८२ सम्म आइपुग्दा ६५५ रुपैयाँ पुग्यो। तर अनुदान कटौती र भुक्तानी समस्याका कारण उत्पादनमा लगातार गिरावट आएको छ।

यदि यो स्थिति निरन्तर जारी रह्यो भने उखु उत्पादन थप घट्ने सम्भावना छ र किसानहरूले अन्य व्यवसायतर्फ सर्ने संकेत पनि देखाएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित