Rashtriya Dainik

कपिलवस्तुकाे विजयनगरम आधारभूत अस्पतालमा आँखा उपचार सेवा सुरु

धर्मेन्द्र कुमार कुर्मी चौधरी / कपिलवस्तु ,७ भदौ

कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६ बद्धाैरमा रहेकाे विजयनगर आधारभूत अस्पतालमा आँखा उपचार सेवा सुरु भएको छ । गाउँपालिकाकाे सहयोग र छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जकाे प्राविधिक सहयोगमा दुबै निकायबीच सम्झाैता भए अनुसार साप्ताहिक रुपमा हरेक शुक्रबार आँखा उपचार सेवा र माेतिबिन्दुकाे नि:शुल्क शल्यक्रियाकाे शुभाराम्भ भएको अस्पतालले जनाएको छ ।

कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले स्वास्थ्यलाई मध्यनजर गर्दै विजयनगर आधारभूत अस्पतालमै आँखा उपचार सेवाकाे सुरुवात गरिएको बताए । आँखा जस्तो अति संवेदनशील अङ्गकाे वर्षेनी बिरामी बढिरहेको अवस्थामा यहाँका नागरिकका लागि आँखाकाे उपचार सेवा सुरु गरिएको उनले बताए । अध्यक्ष थापाले स्वास्थ्य बिमा बाेर्डसँग ५० प्रति छुटमा सम्झौता भएको बताउँदै सबैले अनिवार्य रुपमा स्वास्थ्य बिमा गर्नुपर्नेमा जाेड दिए ।

नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड र विजयनगर आधारभुत अस्पताल बिच “प्रथम सेवा बिन्दु” का लागि समेत सम्झौता भएको उनलेे जिकिर गरे । गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेकाे बताउँदै यस अस्पतालमा दुई जना विशेषज्ञ डाक्टर सहित सेवा उपलब्ध भइरहेको उनले जनाए । सामान्य शल्यक्रिया सेवा लागि पनि एमडी डाक्टर सहित सेवा सञ्चालनकाे प्रक्रिया अगाडी बढाइएको अध्यक्ष थापाकाे भनाइ छ ।

यस्तै गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले यस अस्पतालमा उपलब्ध सेवा सुविधाहरुलाई लिनुपर्नेमा जाेड दिइन् । आँखा उपचार केन्द्र सञ्चालनले गरिब, विपन्न र ग्रामीण क्षेत्र लगायतका परिवारले सहज रुपमा सेवा लिनुकाे साथै सेवाप्रति नागरिककाे विश्वास पनि बढ्दै जाने बताइन् ।

यसैगरी ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवारले अस्पतालमा थप सेवाहरु विस्तार गर्दै अगाडी बढिरहेको बताउँदै जनतालाई सर्वसुलभ र प्रभावकारी सेवा सुविधाहरु प्रदानका लागि गाउँपालिका लागेकाे बताए । अस्पतालमा सेवा सुचारु पश्चात् दैनिक बिरामीहरुकाे आकर्षण बढ्दै गएको उनको भनाइ छ ।

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले गाउँपालिकामा बुधबार र बिहीबार सञ्चालित दुई दिने नि:शुल्क आँखा जाँच शिविरमा भेटिएका १ सय ११ जना माेतिबिन्दुका बिरामीहरुकाे शल्यक्रिया विजयनगर आधारभूत अस्पतालमै भइरहेको जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित