Rashtriya Dainik

सामुदायिक विद्यालयहरुमा जङ्ग फुड नियन्त्रण तथा पोषण मैत्री बनाउनेबारे अन्तरक्रिया

आरपि उपाध्याय / नवलपुर , १४ माघ

विनयी त्रिवेणी गा.पा. शिक्षा युवा तथा खेलकुद विकास शाखा दुम्किबासको आयोजनामा सामुदायिक विद्यालयहरुमा जङ्ग फुड नियन्त्रण तथा पोषण मैत्री बनाउने बारे एक दिने अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ।

विनयी त्रिवेणी ७ राष्ट्रिय आधारभूत विद्यालय रानीनगरमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष शान्ति खनालको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि विनयी त्रिवेणी ७ का वडा अध्यक्ष उमेश कार्कीले शरीर निरोगी बनाउन अस्वस्थकर खाद्य पदार्थ त्यागेर स्वस्थकर खाद्य पदार्थ खाइएमा त्यसले शरीरलाई निरोगी बनाउनुको साथै शारीरिक र मानसिक विकास द्रुत गतिका साथ हुने विचार व्यक्त गर्नुभयो।
कार्यक्रममा शिक्षा शाखा प्रमुख भुपराज पाण्डेले राज्यले दिएको दिवा खाजाको अवस्था कस्तो छ भन्ने बारे अभिभावक र विद्यार्थी स्वयमले नै निगरानी गर्नुपर्ने बताउदै स्वास्थ्य सचेतनाबाट नै शारीरिक र बौद्धिक विकास हुने धारणा राख्नुभयो।


सो अवसरमा विनयी त्रिवेणी गाउँपालिका विद्यालयकी नर्स नम्रता महतोले अखाद्य वस्तु खानाले हुने समस्या र स्वस्थकर खाद्य वस्तु खादा हुने फाइदाबारे प्रयोगात्मक विधिबाट सहजीकरण गर्नुभएको शिक्षा शाखाका ना.प्रा.स.अमर न्यौपानेले बताउनु भयो।
कार्यक्रममा विद्यालयका छात्रछात्रा र अभिभावकले उठाएका जिज्ञासालाई प्रधानाध्यापक हरि बहादुर क्षेत्रीले र वडा न.६ का वडा अध्यक्ष कार्कीले जवाफ दिनुभएको थियो।
अन्तर्कृया कार्यक्रममा शौचालय सफाइ, खानेपानीको व्यवस्था र सेनेटरी प्याड सम्बन्धि जिज्ञासा राखिएको थियो। त्यसैगरी विनयी त्रिवेणी ६ स्थित नेपाल आधारभूत विद्यालय प्रसैयामा पनि जङ्ग फुड न्यूनीकरण तथा पोषण मैत्री बारे एक दिने कार्यक्रम सम्पन्न भएको छ।
शिक्षा शाखा युवा तथा खेलकुद विकास शाखा प्रमुख भुपराज पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले शारीरिक,मानसिक र बौद्धिक विकासका लागी स्वस्थकर खानाको ठूलो महत्व रहने धारणा राख्दै खाद्य पदार्थमा हुने विकृति रोक्न घर, परिवार, समुदाय र विद्यालय नै सचेत रहनुपर्ने बताउनु भयो।
सो अवसरमा वडा न.६ की कार्यपालिका सदस्य देवी लक्ष्मी बि.क., विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजित मल्ल,पुर्व प्र.अ. आर.पि. उपाध्याय लगायतले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नुभएको थियो।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी सदस्य करिना हरिजन, विद्यार्थी सानिया खातुन,पाउनी थापा लगायतले स्वास्थ्य सम्बन्धि जिज्ञासा राख्नु भएको जानकारी प्राप्त भएको छ।
सो अवसरमा अभिभावक,शिक्षक, विद्यार्थी र समितिका पदाधिकारीहरुको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित