अमृता सुनार/नवलपरासी ,माघ १२
किर्तिपुर युवा क्लब द्धारा आयोजित तेस्रो स्मृति कप २०८१ नाइन ए साइड खुल्ला नक आउट फुटवल प्रतियोगिता आज देखि सुरु भएको छ । क्लबका अध्यक्ष दिपक क्षेत्रीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य खड्क बस्नेतको प्रमुख आतिथ्यता एवम सुनवल नगरप्रमुख बिमला अर्यालको विशिष्ट आतिथ्यतामा फुटबल रेफ्रीलाई हस्तान्तरण गरि फुटबल प्रतियोगिता सुरु भएको हो ।
आज देखि सुरु भएको तेस्रो स्मृति कप खुल्ला नक आउट फुटवल प्रतियोगिता माघ २६ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा बिजेताले १ लाख र उपबिजेताले ५० हजार, तेस्रो हुनेले २५ हजार र उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछन । कृर्तिपुर खेल मैदानमा संचालित खेलमा १६ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको उद्घाटनमा स्वागत मन्तब्य क्लबका उपाध्यक्ष दिपक खत्रीले र संचालन क्लबका सचिव कर्ण बहादुर गुरुङ्गले गर्नु भएको थियो ।

आज नवज्योति युवा क्लब अस्नैया र किर्तिपुर युवा क्लब निलो बिच भएको पहिलो उद्घाटन खेलमा ४ का विरुद्ध ५ गोलले नवज्योति युवा क्लब अस्नैया विजय भएको छ । खेलमा नवज्योति युवा क्लबका दिपक पुन मगर म्यान अफ द म्याच घोषित भएका छन । यसैगरि भोलि आइतबार सुनवल एफ सी र अलपत्र गाइज वनकट्टी बिच दिउँसो ३ बजे प्रतिस्पर्धा हुँदैछ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

