रंजीत शर्मा/ कपिलवस्तु,१२ माघ।
७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा कपिलवस्तुमा नि:शुल्क सामान्य स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ।
कृष्णनगर भन्सार कार्यालयका प्रमुख फणिन्द्र खतिवडाको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो। कपिलवस्तु जिल्लाको प्रमुख भन्सार कार्यालयमा रहेको कृष्णनगर हेल्प डेल्सको सहकार्य तथा स्वास्थ्य शाखा कृष्णनगर नगरपालिकाको सहयोगमा कार्यक्रम गरिएको हो।

स्वास्थ्य परीक्षणमा सुगर जाँच, मलेरिया जाँच, एच.आई.भी परीक्षण तथा भाइटल साइन समेतको परीक्षण गरिएको छ।उक्त कार्यक्रमा कपिलवस्तु भन्सार एजेण्ट संघ,भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरु तथा अन्य बाहर बाट आउने आगुन्तुहरु लगाएत ६ महिला १२५ पुरुष गरी १ सय ३१ जनाको स्वास्थ्य परिक्षण गरिएको कृष्णनगर हेल्थ डेक्सका इन्चार्ज सन्दिप विकले जानकारी दिएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

