नवलपरासी ,१२ माघ ।
नेपाल निजामती कर्मचारी युनियन नवलपरासीको ९ औं जिल्ला अधिबेशन बाट नया नेतृत्व चयन भएको छ ।जसको अध्यक्षमा सुन्दर खनाल चयन हुनुभएको छ ।खनालको अध्यक्षतामा नया कार्यसमिति चयन गरिएको हो ।

परासीमा भएको अधिवेशनमा युनियनका जिल्ला अध्यक्ष सनद गिरीको अध्यक्षतामा भएको कार्यक्रमको नेपाली कांग्रेस लुम्विनी प्रदेश समितीका महामन्त्री एवम् संबिधान सभा सदस्य बिक्रम खनालले उद्घाटन गर्नुभयो । अधिबेशनको उद्घाटन गर्दैे नेता खनालले कर्मचारी युनियन नेपाली कांग्रेसको बौद्धिक मेरुदण्डको संगठन भएकोले पार्टीले उचित मुल्याकंन गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा बोल्दै नेता खनालले युनियनमा आबद्ध कर्मचारीले सेवाग्राहीलाई गर्ने कार्यालय मैत्रीपुर्ण ब्यवहारले पार्टीको संगठन विस्तारमा महत्वपुर्ण भुमीका निर्वाह गर्ने भएकाले युनियनलाई पार्टीले महत्वपुर्ण शक्तीको रुपमा लिनुपर्ने बताउनुभयो ।
नेता खनालले युनियनले पार्टीको संगठन विस्तारमा महत्वपुर्ण भुमीका निर्वाह गर्न सक्ने भएकोले युनियनमा आबद्ध साथीहरुले पार्टी मुल्य र मान्यता अनुसार एक निष्ठावान कर्मचारीको रुपमा सेवाग्राहीलाई सेवा दिनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा नेपाली कांग्रेस नवलपरासीका कार्यावहाक सभापति बिक्रम यादव , नेपाली कांग्रेसका जिल्ला सचिव एवंम् प्रतापपुर गाउंपालिकाका अध्यक्ष उमेश चन्द्र यादव , प्रदेश सभा सदस्य बैजनाथ कलवार , युनियनका उपमहासचिव गणेश भण्डारी , युनियनका लुम्विनी प्रदेश अध्यक्ष बाबदेव शर्मा खनाल , केन्द्रिय सदस्यहरु सुनिल लामीछाने , बिनोद अधिकारी , नविन पन्थी , हरि ज्ञवाली , सरस्वती रेग्मी लगायले आ आफ्नो विचार राख्नुभयो ।

यसैगरी सो कार्यक्रममा युनियनका नेताहरु भmक बहादुर आले ,श्रीधर अधिकारी ,चक्रपाणी पाण्डे , भगवती पाण्डे ,नेपाल शिक्षक संघका अध्यक्ष भोजराज चापागाई , स्वास्थ्यकर्मी संघका वावुराम तिमिल्सीना, .नेपाल प्रेस युनियन नवलपरासीका पुर्व सभापति पुरुषोत्तम सुबेदी लगायतले शुभकामना ब्यक्त गर्नुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

