आरपी उपध्याय / नवलपरासी ११ माघ
नवलपुर सेवा समाज (यु.ए.इ.) ले नेपाल आधारभुत विद्यालय प्रसैया विनयी त्रिवेणी ६ लाई अक्षयकोष स्थापनाको रकम एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ।
सेवा समाजले शिक्षा क्षेत्रलाई विशेष ध्यान दिदै गरिब एवं जेहेन्दार विद्यार्थीलाई अक्षयकोष स्थापनार्थ ३० हजारको चेक हस्तान्तरण गरेको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजित मल्लको अध्यक्षतामा सेवा समाजका सहजकर्ता खेमराज न्यौपानेले उक्त रकम बराबरको चेक विद्यालयका प्र.अ. यम सिंह थापा र अध्यक्ष मल्ललाई हस्तान्तरण गर्नुभएको सहायक प्र.अ. लक्ष्मीदेवी काफ्लेले जानकारी दिनुभयो।
सो अवसरमा विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले अक्षयकोष स्थापनाको लागि प्राप्त रकमले गरिब तथा जेहेन्दार विद्यार्थीलाई आफ्नो अध्यापन कार्य अगाडि बढाउन राहत पुग्ने विचार व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यालयका पुर्व प्र.अ. आर.पि. उपाध्याय,समाजसेवी मोतीलाल ढकाल,शिक्षक मनोज चौधरी लगायतले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नुभएको थियो।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य,शिक्षक अभिभावक संघका पदाधिकारी,अभिभावक वर्ग र स्कुलका विद्यार्थीहरुको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

