Rashtriya Dainik

त्रिवेणी आँखा उपचार केन्द्रको समुदघाटन तथा एक दिने निशुल्क आँखा शिविर त्रिवेणी उपचार केन्द्र रानीनगरमा शुक्रबार सम्पन्न

आरपी उपध्याय / नवलपरासी ११ माघ

नेपाल नेत्र ज्योति संघ डा. बिनोद निता कंडेल आँखा अस्पताल परासीको आयोजनामा त्रिवेणी आँखा उपचार केन्द्रको समुदघाटन तथा एक दिने निशुल्क आँखा शिविर त्रिवेणी उपचार केन्द्र रानीनगरमा शुक्रबार सम्पन्न भएको छ।
डा. बिनोद निता कंडेल आँखा अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष मन्जु कंडेलको अध्यक्षता तथा पुर्व गृह राज्यमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कंडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि कंडेलले गरिबी र विपन्न वर्गका व्यक्तिहरुलाई निशुल्क आँखा उपचार केन्द्रद्वारा गरिएको सेवाबाट असहाय र विपन्न वर्ग बढी लाभान्वित हुने धारणा राख्दै जिल्लाकै पुरानो आँखा उपचार केन्द्रलाई आधुनिक रुपमा आँखा परिक्षण गरि भरपर्दो र विश्वसनीय रुपमा सेवा दिने जिकिर गर्नुभयो।
एक फरक प्रसङ्गमा कंडेलले विनयी त्रिवेणी वडा न. ६ र ७ लाई नवलपुर जिल्लामा समावेश गरेर राज्यका नीति निर्माताहरुले ठूलो गल्ती गरेको बताउदै आउदो भविष्यमा आवश्यक प्रक्रिया पूरा गरि ती दुई वडाहरुलाई पश्चिम नवलपरासीकै भुभागमा समावेश गर्ने तर्फ आफू केन्द्रित रहने बताउनु भएको छ।
सो अवसरमा वडा न.७ का वडा अध्यक्ष उमेश कार्कीले आँखा अस्पताल परासीले विनयी त्रिवेणी वडा न.७ मा नियमित उपचार केन्द्रको व्यवस्था गरेर नागरिक माथी ठूलो न्याय गरेको बताउदै उपचार केन्द्रको लागि वडा कार्यालयको पुर्ण सहयोग रहने धारणा राख्नु भयो।
कार्यक्रममा वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाहले आँखा को रोगीले लामो दुरी पार गरि उपचार गराउदै आएको इतिहास स्मरण गर्दै अब आफ्नो गाउँघरमा नै विज्ञ चिकित्सकद्वारा उपचार पाउनु सुखद भएको विचार व्यक्त गर्नु भएको थियो।
सो अवसरमा नारायणी गण्डकी मा.वि. त्रिवेणीका प्र.अ. दिनेश कुमार पाण्डे, उज्ज्वल शिशु इङलिस बोर्डिङ स्कुलका प्र.अ.दिपक कुवर, सल्लाहकार कृष्ण प्रसाद लामिछाने, नवलपुर होटल व्यवसायी संघका उपाध्यक्ष प्रकाश कुवर लगायतले उपचार केन्द्रको सफलताको कामना गर्नुभएको थियो।
आँखा अस्पतालका प्रबन्धक अजय पाण्डेले अस्पताल र उपचार केन्द्रले दिने सेवा सुविधा सहितको प्रगति विवरण प्रस्तुत गर्नुभयो ।
एक दिने निशुल्क आँखा शिविरमा नेपाल भारतका गरि २७५ रोगीहरुको आँखा परिक्षण गरिएको कार्यक्रम सञ्चालक अनिल उपाध्यायले जानकारी दिनु भएको छ।
कार्यक्रममा जनप्रतिनिधि,आँखा अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, सल्लाहकार, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी र नेपाल भारतका गरि आधा दर्जन पत्रकारहरुको पनि कार्यक्रममा सहभागिता रहेको आयोजकले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित