Rashtriya Dainik

सक्रिय युवा कल्याण संघ जीतपुरसिमरा द्वारा रक्तदान कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता
माघ ११ बिरगंज
आज सक्रिय युवा कल्याण संघ जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ स्थित नगौल बारामा रक्त दान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य बारा क्षेत्र नं. ४ क का देव नारायण चौधरीको आतिथ्यमा एवम सक्रिय युवा कल्याण संघका अध्यक्ष नवेद आलम अन्सारीको अध्यक्षतामा सम्पन्न भएको हो।अतिथिमा वडा अध्यक्ष सुनिल कुमार गुप्ता,प्रधानाध्यापक राजु कुमार सिंह लगाएतकाहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा १४ जनाले आफ्नो अमुल्य रक्तदान गरेका छन। सो रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी बिरगंज रेश्मकोठी उपशाखाका युवा सन्योजक अभिलाष गुप्ताले जानकारी गराएका थिए।
कार्यक्रममा सुनिल कुमार गुप्ता,अजय राउत,अनिल कुमार साह,सलमान खान,हलिम मिया
लगायतकाले रक्तदान गरेका हुन ।
नेपाल रक्तसंचार केन्द्र वीरगंजमा दिन प्रति दिन रगतको अभाव देखिएका कारण रगतको आपुर्तीलाई मध्यनजर गर्दै सो रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।
सो रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे, जितेन्द्र कुशवाहाको प्राविधिक सहयोगले सम्पन्न भएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित