Rashtriya Dainik

भगवतीटाेल सुधार समितिद्वारा न्यानो कम्बल बितरण कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता /बिरगंज ,माघ ११

बिरगंज महानगरपालिका वडा नम्बर ४ स्थित बिर्ता माई धर्मशालामा एक कार्यक्रमको आयोजना गरि भगवतीटाेलको आमा,दिदी,बहिनीहरुको लागि माया सरुप न्यानो कम्बल बितरण गरिएको हो।

उक्त कार्यक्रममा प्रमुख अतिथि भगवतीटाेल सुधार समितिका वरिष्ठ सल्लाहकार एवं समाजसेवी प्रकाश उपाध्यायको आतिथ्यमा सम्पन्न भएको छ र
सो कार्यक्रमका भगवतीटाेल सुधार समितिका अध्यक्ष बिपत गोसाई अध्यक्षता सम्पन्न भएको हो। उक्त कार्यक्रममा समितिका सचीव श्याम केसी,पवन कुमार श्रेष्ठ,सुबास भट्टराई,वडा नम्बर ४ का वडा सदस्य शर्मा गोसाईको उपस्थिति रहेको थियोे।

उक्त कार्यक्रममा प्रमुख अतिथि प्रकाश उपाध्यायका अनुसार वडाका आमा,दिदी,बहिनीहरुलाई एकल महिला र ज्येष्ठ नागरिकलाई लक्षित गरी आज यो कम्बल वितरण गरेका छौ।

जाडो मौसममा चिसोबाट प्रभावित हाम्रो वडाबासी एवं समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले चिसोबाट जोगिन न्यानो कम्बल सहयोग गरिएको बताउँदै आगामी दिनमा पनि आफ्नो क्षमताअनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने वडाका आमा,दिदी,बहिनीहरुलाई चिसोबाट जोगाउन यो सानो प्रयास हो। भविष्यमा पनि जसरी सकिन्छ, सहयोग गर्दै जानेछु भनेका थिए।

चिसो बढ्दै गएसँगै टाेलका आमा,दिदी,बहिनीहरुलाई केही राहत पुर्‍याउने उद्देश्यले गरिएको यो सहयोगले स्थानीय स्तरमा सराहनीय रहेको छ। यो कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पारेको जनाइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित