Rashtriya Dainik

पाल्डाडा कप –२०८१ को तयारी पुरा,प्रतियोगितामा भारतको टिमले समेत भागलिदै

नवलपरासी ,माघ–१०

सगरमाथा सामुदायिक विकास प्रतिष्ठान ,बर्दघाट–५, पाल्डाडाको आयोजनामा यहि माघ १२ गते देखि शुरु हुने पाल्डाडा कप –२०८१ को तयारी पुरा भएको आयोजकले जनाएको छ ।
संकटा एफ.सी.काठमाण्डौं देखि गोरखपुर एफ.सी.भारतको टिमले समेत भाग लिने उक्त फुटबल प्रतियोगितामा नेपाल र भारतका गरी १० टिमको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष गंगा बहादुर क्षेत्रीले जानकारी गराउनु भएको छ ।
१२ गते पहिलो दिन गोरखपुर एफ.सी.भारत र चोरमारा युवा क्लब नवलपुर विच खेल हुने छ भने १३ आयोजक सगरमाथा सामुदायिक विकास
प्रतिष्ठान पाल्डाडा र सनराईज एफ.सी विच प्रतिसप्रर्धा हुने खेल संयोजक कुलप्रसाद गुरुङले जानकारी गराउनु भएको छ । त्यसैगरी १४ गते रोसन पर्निचर भैरहवा स्पोर्टस र रिमिक्स युनाइटेड एफ.सी रुपन्देही विच खेल हुने छ भने १५ गते देवदह ब्वाइज देवदह रुपन्देही र सौभाग्य युवा क्लब बुटवल विच खेल हुने छ । खेलमा १२ गतेको विजयी टिमलेसंकटा एफ.सी.काठमाण्डौं संग प्रतिष्प्रर्धा गर्नु पर्ने छ भने १३ गतेको विजयी टिमले डि.वाई.डि.ए. दुम्किवाससंग प्रतिस्प्रर्धा गर्नु पर्ने छ ।

बर्दघाटनगरपालिका वडा नं.–५,पाल्डाडाको खेल मैदान आयोजना गरीएको पाल्डाडा कप –२०८१ को विजेता टिमलाई २ लाख १ हजार नगद सहित कप,मेडल र प्रमाण पत्रको ब्यवस्था गरीएको आयोजक संस्थाका सल्लाहकार तथा बर्दघाट नगर खेलकुद विकास समितिका नगर अध्यक्ष दिपक थापाले बताउनु भएको छ भने उपविजेता टिमका लागि १ लाख ५ सय नगद सहित कप,मेडल र प्रमाण पत्रको ब्यवस्था गरीएको थापाले बताउनु भएको छ । त्यसैगरी प्रतियोगितामा सहभागिहरु मध्येबाट म्यान अफ द म्याच,सार्वाेकृष्ट गोल किपर,म्यान अफ द सिरिज र सर्वाधिक गोलकर्तालाई नगद सहित मेडल प्रदान गरीने अध्यक्ष थापाले बताउनु भयो । पाल्डाडा कप –२०८१ को संरक्षक बर्दघाट नगरपालिका वडा नं. ५ को कार्यालय रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित