राष्ट्रिय दैनिक / नवलपरासी ११ माघ
नवलपरासीकाे सिमा नाकाबाट तस्करी बढेकाे छ । केही समयको लागि तस्करी रुके पनि फेरि भरियाहरूको मार्फत तेस्रो मूल मूलक बाट आयात ब्राजिलियन पपकर्न, चाइनिज लसुन धमाधम साइकिलदेखि भारत लैजाँदै गरेका छन् ।।
मुख्य नाकामा हुँदा भारत बाट घरायसी खाद्यान,सामानहरू ल्याउँदा सर्वसाधारणहरू माथि सशस्त्र प्रहरीले कडाई गरे जस्तै सर्वसाधारणहरूलाई तर्साउने र दुःख दिनको लागि झोला तल राखी चेक गर्ने गरेका छन् । तर मुख्य मुख्य नाकैबाट दिनहु हुन्डी कारोबार भइरहेको हुन्छ तर त्यहाँसम्म ध्यान नपुगे जस्तै गर्छन्।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले अन्य नाकाहरूबाट व्यापक रूपमा तस्करहरूलाई छुट दिएर तस्करी गर्दै आएको छ।
लुम्बनी प्रदेशका डिआइजी धनबहादुर कार्कीले सब जिल्ला कडाइ निर्देशन दिए पनि पश्चिम नवलपरासीका नाकाहरूबाट भने भन्सार छली नेपाल भित्र्याउने कार्य भइरहेको स्रोतले जनाएको छ। जिल्लको नाकाहरूबाट मोबाइलका टेम्पल ग्लास,विभिन्न धातुका मूर्तिहरू,चिनी, ठूलो परिणाममा हुक्का फ्लेवर जस्ता समानहरू तस्करी भइरहेका छन् ।
अहिले नवलपरासीको सिमानाकाबाट विभिन्न पंक्षीका जानवरहरूका पखेटाहरू, टेम्प्लेट ग्लास,कपडा मोबाइल, विभिन्न सामानहरू यस नाकाबाट मोटरसाइकलमा लोड गरी भारतबाट नेपाल छिराउने गरेका छन् ।
त्यस्तै सिमा नाकाबाट हुन्डीको कारोबार भइरहेको स्थानीयहरूले बताएका छन् । जिल्ला प्रशासन कार्यालय नवलपरासीका जिल्ला प्रमुखले केही दिन पहिला व्यापारहरूलाई बुझाई सम्झाई पनि नसम्झिएपछि राजनीतिको आडमा ठुला व्यापारीहरूले नटेर्दै तस्करी गराउँदै आएका छन् ।
त्यस्तै चिमन्टोला-गेरमी नाकाबाट नेपालमा बढी मूल्य पर्ने हुक्का फ्लेवर धमाधम तस्करी गरी एक ठाउँमा जम्मा गरी बुटवल,काठमाडौँ पठाउने गरेको स्रोतले बताएको छ ।
जिल्लको भुजहवा,बसहिया,गोपालपुर नाका देखि पपकर्न ( मकै ) चाइनिज लसुन धमाधम राति हुने बित्तिकै व्यापक रूपमा नेपालबाट भारततर्फ भरियाहरूको सहयोगमा दिनहुँ तस्करी भइरहेको स्थानीयहरूले बताएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

