नवलपरासी /
नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले शिक्षाको विकासबाट नै देशले दक्ष जनशक्ति उत्पादन गर्ने बताउनु भएको छ।
पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको त्रिभुवन मा.वि. बेलाटारीको ७२ औं वार्षिकोत्सब तथा अभिभावक भेला समापन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले मुलुकले शिक्षा क्षेत्रमा ठूलो धनराशि खर्च गरिरहेको अवस्थामा त्यसको प्रतिफल पनि सन्तोषजनक रुपमा आउनुपर्ने बताउदै वर्तमान समयमा प्राविधिक शिक्षाको माध्यमबाट देशले चाहे अनुसारको जनशक्ति तयार गर्न सकिने थापाले जिकिर गर्नुभयो।
त्रिभुवन मा.वि. बेलाटारीको शिक्षक, अभिभावक संघका अध्यक्ष धिरज ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य एवं नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाल,प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव लगायतले शिक्षा क्षेत्रको गतिविधि माथी प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नाराद ठाकुरले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरि विद्यालयमा भएका चुनौती र भावी रणनीतिबारे जानकारी गराउनु भयो।
माघ ८ गतेदेखि प्रारम्भ भइ १० गते समापन भएको वार्षिकोत्सब र अभिभावक भेलामा विद्यालयमा कार्यरत उत्कृष्ट शिक्षक,विद्यार्थी,चन्दादाता, अभिभावक वर्गलाई कदरपत्र सहित सम्मान गरिएको थियो भने विद्यालयका शिक्षक,विद्यार्थीहरुले नृत्य तथा गायन प्रस्तुत गरेको कार्यक्रम सञ्चालक दिलीप शर्माले जानकारी दिनुभएको छ।
यसपुर्व प्रतापपुर गाउँपालिकाको वडा न.२ मा प्रस्तावित आदर्श क्याम्पस भवनको शिलान्यास कार्यक्रम पनि सम्पन्न भएको छ।
क्याम्पसको भवन शिलान्यास गर्दै नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले शिक्षा क्षेत्रको विकासबाट नै मुलुक समृद्धिको बाटोमा जाने हुँदा यस तर्फ सबै निकाय कृयाशिल हुनुपर्ने बताउदै क्याम्पस खोल्नुभन्दा पनि क्याम्पस चलाउने महत्वपूर्ण पक्ष रहेकोे हुँदा क्याम्पस चलाउदा सरकारको मुख नताकेर समुदायले नै प्राविधिक शिक्षालाई महत्व दिदै नेपालीमा बढेको निराशालाई आश जगाउनुपर्ने कुरामाथी जोड दिनुभयो।
प्रतापपुर गाउँपालिका वडा न.२ गोपिगन्जमा एक बिगाहा १० कठ्ठा जमिननमा प्रस्तावित क्याम्पसको शिलान्यास गरिएको थियो भने उक्त क्याम्पस भवन आउदो २०८४ सालभित्र सम्पन्न गरिने पनि प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनुभएको छ
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

