वीरगन्ज , १० माघ
देशभरको स्थानीयतहमा निमित्त प्रमुख प्रशासकिय अधिकृतको रूपमा पालिकामा कार्यरत रहेका २३ अधिकृतहरुको जिम्मेवारी खोसिएको छ ।
संघीय , मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै देशभरका १० नगरपालिका र १३ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी बाट हटाएको हो ।
मन्त्रालयले माघ ९ मा गरेको निर्णय अनुसार पालिकामा निमित्त भएर कामकाज गर्दै आईरहेका अधिकृतहरु आर्थिक र प्रशासनिक जिम्मेवारी रद्द गरेको जनाएको छ ।
पछिल्लो समयमा स्थानीयतहका प्रमुखहरुकै सिफारिसमा पालिकाम कार्यरत विभिन्न शाखाका प्रमुखहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर कामकाज गर्दै आएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

