Rashtriya Dainik

उपभोक्ता हित संरक्षण मञ्च नेपालको उजुरीको आधारमा बाईपास रोड स्थित सुभलक्ष्मी ट्रेडर्समा अनुगमन

अभिलाष गुप्ता
माघ १० बिरगंज

उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साको विशेष उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय पर्साको सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्किको नेतुत्वमा गएको सन्युक्त बजार अनुगमन टोलिले बिरगंज वडा न.१६ नगवा स्थित बाईपासरोडमा रहेको सुभलक्ष्मी ट्रेडर्समा अनुगमन गर्ने क्रममा मिति उल्लेख नभएको पियुष गोल्ड ब्रान्डको धनिया ४० केजिको १७५ बोरा जम्मा ७००० केजि र ५५५ ब्रान्डको ३० केजिको मेथि २१७ जम्मा ६५१० केजि फेला परेकोले २४ घन्टाभित्र सोको कागजात सहित जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित हुन निर्देशन दिएको र तत्काल बिक्रि बितरणमा रोक समेत लगाईएको उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष अजय अधिकारीले जानकारी दिनुभयो ।

सुभलक्ष्मी ट्रेडर्स र सुभ लक्ष्मी प्याकेजिङ्गले गुजरातको उत्पादन भिक्टोरिया कम्पनीको जिरा , धनिया , मेथि , खुर्सानीको धुलो , सोप लगायत आयात गर्दै आफ्नो प्याकिङ्गमा बिक्रि बितरण गर्दै आईरहेको थियो ।
त्यसैगरि आन्तरिक राजस्व कार्यालय पर्साका दिपेन्द्र कुमार झाले यस फर्मले राजस्व छ्लेको आशन्का रहेकोले सबै कागजहरु झिकाएर अनुशन्धान गर्ने बताए ।

त्यसैगरि बिरगंज वडा न.१६ दोस्रो रजतजयन्ति चौक स्थित बाईपासरोडमा रहेको निर-जल प्रालिमा अनुगमन गर्ने क्रममा गुणस्तरहिन पानी र पानी प्रयोग गर्ने जार गुणस्तरहिन रहेकोले सो जार नस्ट गरिएको थियो भने आन्तरिक राजस्व कार्यालयले कागजात चेकजाच गर्दा पानी बिक्रि बितरण गर्ने क्रममा बिलबिजक जारि नगरि नर्मल बिल प्रयोग गर्ने गरेको फेला परेकोले सो उद्योगलाई तत्काल ५० हजार जरिवाना गरि आवस्यक कागजात र पानी प्रशोधन रिपोर्ट २४ घन्टा भित्र लिएर उपस्थित हुन समेत निर्देशन दिईएको टोलिका प्रमुख पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्किले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय पर्साको नेतुत्वमा गएको टोलिमा खाद्य तथा गुण नियन्त्रण कार्यालय पर्साका खाद्य निरीक्षक श्रवण कुमार साह , बाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण कार्यालय बिरगंजका प्रमुख सुनिल चौरसिया , उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष अजय अधिकारी , आन्तरिक राजस्व कार्यालय पर्साका कर अधिकृत दिपेन्द्र कुमार झा , जिल्ला प्रहरी कार्यालय पर्सा , पत्रकारहरुको टोलि रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित