विनोद निगम / नवलपरासी ,९ माघ
छिमेकी राष्ट्र भारत महाराजगञ्ज जिल्लाको ठुठीबारी कोतवाली प्रहरीले नेपालतर्फ जाने क्रममा लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
भारतबाट ठूलो मात्रामा नेपालमा प्रतिबन्धित लागूऔषध नेपाल छिराउने क्रममा उनीहरूलाई भारतीय प्रहरीले पक्राउ परेको हुन् ।
स्रोत बताएको अनुसारले हेर्ने हो भने,अवैध व्यवसायमा संलग्न मुख्य नाइके फरार भएका छन् । पक्राउ परेका युवकहरू भारत महाराजगंज जिल्लाको ठुठीबारीका निवासी निरञ्जन र छोटुको रूपमा रहेको प्रहरीले बताएको छ ।
पक्राउ परेका युवाहरूसँग सोधपुछ र थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ। भारतीय प्रहरीको अनुसारले लागूऔषधको कारोबार गर्ने तस्करहरू नेपाल भारत क्षेत्रहरूमा सक्रिय रहेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

